काठमाडौं । श्री श्री जानकी माता नेपाली धार्मिक संघ कोलकाताद्वारा प्रकाशित ‘च्याङ्बाको चेतना विशेषांक-सम्झना’को लोकार्पण गरिएको छ । साहित्यिक पत्रकार संघ तथा जरा फाउण्डेशनको संयुक्त आयोजनामा काठमाडौंमा आयोजित कार्यक्रममा उक्त विशेषांक सार्वजनिक गरिएको हो ।
साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख आमन्त्रित व्यक्तित्वका रूपमा प्राडा.सुरेन्द्र केसी सहभागी रहनुभएको थियो । कार्यक्रममा कलकत्ताका पूर्व महावाणिज्यदूत सुनीलकुमार पौड्याल, सामाजिक तथा धार्मिक अभियन्ता धर्मराज बराल, समाजसेवी भीमबहादुर श्रेष्ठ, प्रधान सम्पादक गणेशकुमार प्रधान, परराष्ट्रविद् नारायण मैनाली, व्यवस्थापक गुञ्जदास श्रेष्ठ तथा गायक आनन्द कार्कीलगायतको उपस्थिति थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्राडा.केसीले नेपालीहरू जहाँ पुगेपनि आफ्नो धर्म, संस्कृति र परम्परासँग जोडिएको उल्लेख गर्नुभयो । उहाँले कलकत्ता र दार्जिलिङका नेपाली समुदायबीच भाषिक तथा धार्मिक एकता रहेको धारणा राख्दै आदिकवि भानुभक्त आचार्यको योगदानको पनि चर्चा गर्नुभयो ।
सभापति लेकालीले कलकत्ताबाट आएका सामाजिक तथा धार्मिक अभियन्ताहरूलाई स्वागत गर्दै संघले विगत ५३ वर्षदेखि साहित्यिक तथा सामाजिक क्षेत्रमा पुर्याउँदै आएको योगदानबारे प्रकाश पार्नुभयो । उहाँले श्री श्री जानकी माता नेपाली धार्मिक संघले सामाजिक तथा धार्मिक क्षेत्रमा खेलेको भूमिकाको प्रशंसा गर्नुभयो । ‘च्याङ्बाको चेतना’ नाटकका लेखक गणेशकुमार प्रधानले आफ्नो लेखन तथा निर्देशन यात्राबारे चर्चा गर्दै कलकत्तामा संघले सञ्चालन गरिरहेका गतिविधिबारे जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै गुञ्जदास श्रेष्ठले संघको परिचय तथा सामाजिक-धार्मिक गतिविधिबारे प्रकाश पार्नुभएको थियो । यस्तै धर्मराज बराल, नारायण मैनाली तथा गायक आनन्द कार्कीले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा ‘सम्झना’ पत्रिकामा प्रकाशित कवितामध्ये कवि सुमन थापा संगमले कविता वाचन गर्नुभएको थियो ।
सो अवसरमा आनन्द कार्की, धर्मराज बराल, फत्तकुमार श्रेष्ठ, दिर्गकुमार श्रेष्ठ, नारायण श्रेष्ठ, टीकादास श्रेष्ठ, डा.योगेश वैद्य, हिमनाथ पौडेल, शृंखलाका सम्पादक प्रवीण जोशी तथा शारदा मासिकका प्रधान सम्पादक विमल भौकाजीलाई सम्मानपत्र प्रदान गरिएको थियो । कार्यक्रमको सहजीकरण कवि दिव्य गिरीले गर्नुभएको थियो ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र