काठमाडौं । परिच्छेद सेनको निर्देशनमा बन्नलागेको चलचित्र ‘महाराजधिराज’को छायांकन आरम्भ गरिएको छ । गत वैशाख २२ गते ललितपुरस्थित बंगलामुखी मन्दिरमा शुभमुहूर्त गरिएको यस चलचित्रको छायांकन सुनसरीको बराहक्षेत्रस्थित श्रीलंका टापूबाट प्रारम्भ गरिएको हो ।
चलचित्रका प्रस्तुतकर्ता विराज विष्टका अनुसार उक्त स्थानमा करिब एक सातासम्म छायांकन गरिनेछ । ७० दिनको छायांकन तालिका रहेको चलचित्रमा नीर शाह, रमेश उप्रेती, पुष्प खड्का, आर्यन सिग्देल, पूजा शर्मा, केकी अधिकारीलगायत ८० भन्दा बढी कलाकारको अभिनय रहने जनाइएको छ ।
छत्रेश्वर म्यानेजमेन्टको ब्यानरमा निर्माण हुनलागेको चलचित्रको कथा निर्देशक सेन स्वयंले लेख्नुभएको हो । यो सेनको दोस्रो निर्देशकीय चलचित्र हो । यसअघि उहाँले सन् २०२२ मा प्रदर्शन भएको ‘प्रेमगञ्ज’ निर्देशन गर्नुभएको थियो ।
निर्माण पक्षले चलचित्रको कथावस्तुबारे औपचारिक जानकारी नदिए पनि शीर्षकका आधारमा यो पिरियड ड्रामा हुनेअनुमान गरिएको छ । चलचित्रलाई यसवर्षको बडादशैँको फूलपातीमा प्रदर्शन गर्ने लक्ष्य राखिएको छ ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र