काठमाडौं । परिवर्तन इभेन्ट हाउस प्रालिको आयोजनामा राष्ट्रिय नाचघर जमलमा सम्पन्न ‘डीएसए स्टार-२०२६ सिजन-१९’को ग्राण्ड फिनालेमा विभिन्न विधामा बालबालिका विजेता बनेका छन् । नृत्य, गायन तथा अभिनय विधामा आयोजित प्रतियोगितामा देशभरबाट सहभागी बालप्रतिभाले आफ्नो क्षमता प्रस्तुत गरेका थिए ।
‘मिनी डान्सिङ स्टार’तर्फ सोरिस्मा न्यौपाने विजेता घोषित हुनुभयो । यसै विधामा दियाना सापकोटा ‘फष्ट रनरअप’, दिरान्सा केसी ‘सेकेण्ड रनरअप’, दिराया केसी ‘थर्ड रनरअप’, नितिशा भण्डारी ‘फोर्थ रनरअप’, सियोना श्रेष्ठ ‘फिफ्थ रनरअप’ तथा कायरा श्रेष्ठ ‘सिक्स्थ रनरअप’ बन्नुभयो ।
‘जुनियर डान्सिङ स्टार’को उपाधि रोशिका श्रेष्ठले जित्नुभयो । यस विधामा दिर्शना पौडेल ‘फष्ट रनरअप’, सिल्भिया भुसाल ‘सेकेण्ड रनरअप’, बिहानी पौडेल ‘थर्ड रनरअप’, एलिसा थापा ‘फोर्थ रनरअप’, विदुषी पराजुली ‘फिथ फ्रनरअप’, युबिन भण्डारी ‘सिक्स्थ रनरअप’तथा आरोही थापा ‘सेभेन्थ रनरअप’ घोषित हुनुभयो ।
त्यसैगरी, ‘प्री-टिन डान्सिङ स्टार’तर्फ आश्रिया श्रेष्ठ विजेता बन्नुभयो । साम्तेन डोल्मा लामा ‘फष्ट रनरअप’, दिलाशा दुरा ‘सेकेण्ड रनरअप’, युनिका खत्री ‘थर्ड रनरअप’, प्रदिया थोकर तामाङ ‘फोर्थ रनरअप’, समिका भट्टराई ‘फिफ्थ रनरअप’, आयुषा अधिकारी ‘सिक्स्थ रनरअप’ तथा प्रिन्सु शेर्पा ‘सेभेन्थ रनरअप’ हुनुभयो ।
‘सिंगिङ स्टार’ विधामा स्वरूप आचार्य विजेता बन्नुभयो । यसै विधामा मिरक लिम्बु ‘फष्ट रनरअप’, प्रनिता श्रेष्ठ ‘सेकेण्ड रनरअप’, युजन भण्डारी ‘थर्ड रनरअप’ तथा श्रेयस गुरागाईं ‘फोर्थ रनरअप’ बन्नुभयो ।
त्यस्तै, ‘डीएसए एक्टिङ स्टार’तर्फ विद्यार्थ भुर्तेल विजेता घोषित हुनुभयो । यस विधामा मेरिसा लामा ‘फष्ट रनरअप’, दीपशिखा खनाल ‘सेकेण्ड रनरअप’, अभियान अखेली ‘थर्ड रनरअप’, अनुसिआ थपलिया ‘फोर्थ रनरअप’, सम्भव पौडेल ‘फिफ्थ रनरअप’ तथा विधियान सिंह ‘सिक्स्थ रनरअप’ बन्नुभयो ।
आयोजकका अनुसार प्रतियोगितामा सहभागी १०२ जना बालबालिकाले काठमाडौंको गोंगबुस्थित काठमाडौं ग्लोबल स्कुलमा एक महिनासम्म नृत्य, गायन, अभिनय तथा व्यक्तित्व विकाससम्बन्धी प्रशिक्षण लिएका थिए ।
वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यता, साहित्यकार युवराज अधिकारीको विशेष आतिथ्यतामा सम्पन्न कार्यक्रममा सञ्चारकर्मी तथा कोरियोग्राफर जयन सुब्बा मानन्धर, कलाकार अशोक धिताल र चलचित्र लेखक तथा निर्देशक गिरिराज घिमिरे निर्णायकको भूमिकामा रहनुभएको थियो ।
कार्यक्रममा मदनकृष्ण श्रेष्ठलाई कला क्षेत्रप्रतिको योगदानको कदरस्वरूप सम्मान गरिएको थियो भने वरिष्ठ गायिका देविका वन्दनालाई ‘राष्ट्रिय स्रष्टा सम्मान-२०८३’ प्रदान गरिएको थियो । परिवर्तन इभेन्ट हाउसकी प्रमुख कार्यकारी अधिकृत (सिइओ) सोनिया जी आरले विजेताहरूले म्युजिक भिडियोमा अभिनय गर्ने अवसरसँगै सन् २०२७ मा जर्जियामा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्ने जानकारी दिनुभयो । संस्थाका निर्देशक राज बराइलीले बालबालिकाको प्रतिभालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चसम्म पुर्याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताउनुभयो ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र