अमेरिका । नेपाली साहित्यका मूर्धन्य स्रष्टा स्वर्गीय जगदीश घिमिरेको चर्चित कृतिमा आधारित नाटक ‘साबितिः नट गिल्टी’ अमेरिकाको न्यूयोर्कमा मञ्चन हुने भएको छ । उक्त नाटकको नाट्य रूपान्तरण तथा निर्देशन विमल सुवेदीले गर्नुभएको हो । नेपाली तथा अमेरिकी कलाकारहरूको संयुक्त सहकार्यमा तयार पारिएको यस नाटकले सामाजिक न्याय, लैंगिक समानता तथा महिलाका आवाजजस्ता संवेदनशील सामाजिक विषयलाई उठान गर्ने जनाइएको छ ।
निर्देशक सुवेदीले स्वर्गीय घिमिरेको मौलिक कथालाई अन्तर्राष्ट्रिय दर्शकमाझ जीवन्त रूपमा प्रस्तुत गर्दै सचेत समाज निर्माणमा योगदान पुर्याउने उद्देश्य रहेको बताउनुभयो । नाटकका निर्माता नेपाली-अमेरिकी सांस्कृतिक अभियन्ता अमित प्रताप शाह हुनुहुन्छ भने यसको विश्वव्यापी वितरण अंकुर शर्माले गरिरहनुभएको छ । निर्माता शाहले यस प्रस्तुतिलाई नेपाली डायस्पोरा र नेपाली साहित्यलाई विश्व मञ्चमा स्थापित गर्ने महत्त्वपूर्ण सांस्कृतिक कोसेढुंगाका रूपमा व्याख्या गर्नुभएको छ ।
यस नाट्य प्रस्तुतिमा न्यूयोर्कस्थित नेपाली महावाणिज्य दूतावास, न्यूयोर्कको विशेष सहकार्य छ । महावाणिज्य दूतावासले नेपाली साहित्य र कलालाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने उद्देश्यले नाटकलाई सहयोग तथा प्रवर्द्धन गरेको जनाएको छ । नाटक न्यूयोर्कको द टंक थिएटरमा आगामी जुन ५ र ६ तथा सेप्टेम्बर १५, २०२६ मा मञ्चन गरिनेछ ।
महावाणिज्य दूतावासले न्यूयोर्कमा बसोवास गर्ने नेपाली समुदाय तथा कला प्रेमीहरूलाई नाटक अवलोकन गरी नेपाली साहित्य र कलाकारलाई प्रोत्साहन गर्न आग्रह गरेको छ ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र