पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलोपटक भारतको भोपालका लागि मेडिकल रेस्क्यु चार्टर उडान गरिएको छ । उक्त उडान मंगलबार भारतको राजा भोज विमानस्थलका लागि गरिएको हो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार मुक्तिनाथ दर्शनका क्रममा बिरामी परेका भारतीय नागरिक शम्भु दयाल श्रीवास्तवलाई थप उपचारका लागि विशेष चार्टर उडानमार्फत् भोपाल पठाइएको हो ।
भोपालबाट तीर्थयात्राका लागि नेपाल आउनुभएका श्रीवास्तव मुक्तिनाथबाट फर्किने क्रममा बिरामी भएपछि जोमसोमबाट उद्धार गरी पोखरास्थित चरक मेमोरियल अस्पतालमा भर्ना गरिएको थियो । पाँच दिन उपचारपछि थप उपचारका लागि परिवारले विमान चार्टर गरेको जनाइएको छ ।
चार्टर उडानमा बिरामीका दुई छोरा, चिकित्सक र नर्ससहित तीन जना स्वास्थ्यकर्मी सहभागी रहेका थिए । महाप्रबन्धक निरौलाले पोखराबाट भारतका लागि यो पहिलो डिपार्चर चार्टर उडान भएको बताउनुभयो ।
पर्यटन व्यवसायीहरूले पोखराबाट भारतका प्रमुख शहरमा नियमित अन्तर्राष्ट्रिय उडान विस्तार गर्नुपर्ने आवश्यकता औंल्याउँदै आएका छन् ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र