काठमाडौं । करिब पाँच वर्षदेखि सञ्चालन हुँदै आएको बुद्ध एयरको नेपालगञ्ज-पोखरा सिधा हवाई उडान केही समयका लागि स्थगित भएको छ । भारतबाट आउने धार्मिक पर्यटकको संख्या घट्नु तथा इन्धन खर्च बढ्नुलाई कारण देखाउँदै कम्पनीले उडान रोकेको जनाएको छ ।
बुद्ध एयर नेपालगञ्ज स्टेसन प्रमुख विनितविक्रम शाहका अनुसार मलमासका कारण भारतीय पर्यटक आगमन न्यून भएको र इन्धनको मूल्यवृद्धिले सञ्चालन खर्च बढेकाले उडान अस्थायी रूपमा बन्द गरिएको हो ।
विसं. २०७८ साउन १७ गतेदेखि सातामा तीन दिन सञ्चालन हुँदै आएको उक्त उडान मंगलबारदेखि रोकिएको हो । उडान स्थगित भएपछि पश्चिम नेपालका यात्रु तथा पर्यटन व्यवसायी निराश बनेका छन् । अब यात्रुले पुनः सडकमार्गबाट लामो यात्रा गर्नुपर्ने अवस्था आएको छ ।
एसोसिएसन अफ टुर्स एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) नेपालगञ्जको पहलमा सुरु गरिएको उक्त सेवाले पोखरा, बर्दिया, रारा तथा कर्णाली क्षेत्रको पर्यटन प्रवर्द्धनमा टेवा पुर्याएको थियो । बुद्ध एयरले १८ सिट क्षमताको बीचक्राफ्ट १९०० डी सिरिज जहाजमार्फत् सेवा दिँदै आएको थियो ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र