काठमाडौं । साताको लगातार दुई कारोबार दिन ओरालो लागेको सेयर बजार बुधबार भने उल्लेख्य सुधारसहित बन्द भएको छ । लगानीकर्तामा सकारात्मक मनोविज्ञान देखिएसँगै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक उच्च अंकले बढेको हो । सोमबार सामान्य १.०३ अंकले घटेको नेप्से मंगलबार थप ६ अंकले ओरालो लागेको थियो । तर, बुधबार बजारले बलियो पुनरागमन गर्दै ३०.०८ अंकको वृद्धि हासिल गर्यो । यससँगै नेप्से परिसूचक दुई हजार ७५४.४८ बिन्दुमा पुगेर कारोबार बन्द भएको छ ।
सोमबार सामान्य १.०३ अंकले घटेको नेप्से मंगलबार थप ६ अंकले ओरालो लागेको थियो । तर, बुधबार बजारले बलियो पुनरागमन गर्दै ३०.०८ अंकको वृद्धि हासिल गर्यो ।
बजारमा सुधार आएसँगै कारोबार रकममा पनि उल्लेख्य वृद्धि भएको छ । मंगलबार तीन अर्ब दुई करोड रुपैयाँ बराबरको कारोबार भएकोमा बुधबार कारोबार रकम बढेर तीन अर्ब ८२ करोड ८ लाख ९६ हजार ९६६ रुपैयाँ पुगेको हो ।
यस दिन कुल ३४६ वटा कम्पनीको एक करोड ६ लाख ६१ हजार ४७६ कित्ता सेयर किनबेच भएको थियो । बजारमा अधिकांश कम्पनीको सेयर मूल्य बढ्दा लगानीकर्ताको सक्रियता पनि उल्लेख्य देखिएको थियो ।
बुधबारको कारोबारमा जलविद्युत् क्षेत्रका कम्पनीहरूको प्रदर्शन विशेष आकर्षक रह्यो । अपर लोहरे खोला हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक १५ प्रतिशतले वृद्धि भयो । यस्तै, माउन्टेन हाइड्रो नेपालको सेयर ११.८८ प्रतिशतले बढ्दा बुंगल हाइड्रोको ७.५१ प्रतिशत, शिखर पावर डेभलपमेन्टको ६.१२ प्रतिशत तथा सिटी होटलको सेयर मूल्य ५.९० प्रतिशतले उकालो लागेको छ ।
यद्यपि सबै कम्पनीमा भने सकारात्मक प्रभाव देखिएन । कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य सर्वाधिक १३.२६ प्रतिशतले घटेको छ । तर, कारोबार रकमका आधारमा भने सोही कम्पनी अग्रस्थानमा रह्यो । कर्पोरेट डेभलपमेन्ट बैंकको १८ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको थियो ।
त्यसैगरी, आँखुखोला जलविद्युत् कम्पनीको १७ करोड रुपैयाँ बराबरको कारोबार हुँदा अपी पावर र रिडी पावर कम्पनीको समान ११/११ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो ।
बजारमा बुधबार व्यापक सुधार देखिएको छ । नेप्सेअन्तर्गतका सबै १३ वटा उपसूचक हरियालीमा बन्द भएका छन् । बैंकिङ, विकास बैंक, जलविद्युत्, होटल तथा लगानी समूहमा लगानीकर्ताको आकर्षण बढ्दा समग्र बजारमा सकारात्मक माहोल बनेको विश्लेषकहरू बताउँछन् ।
विश्लेषकहरूका अनुसार पछिल्ला दिनको गिरावटपछि लगानीकर्ता ‘वेट एण्ड वाच’ अवस्थाबाट बाहिरिँदै पुनः खरिदतर्फ आकर्षित भएका कारण बजारमा सुधार देखिएको हो । विशेषगरी जलविद्युत् तथा मध्यम आकारका कम्पनीहरूमा खरिद चाप बढ्दा नेप्सेमा उल्लेख्य उछाल आएको देखिएको छ ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र