काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआइएमबी) का प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्योतिप्रकाश पाण्डे नियमित कार्यसम्पादनमा फर्किनुभएको छ । स्मार्ट टेलिकमसँग सम्बन्धित उपकरण ऋण असुली तथा लिलामी प्रकरणमा पक्राउ पर्नुभएका पाण्डेले सोमबारदेखि पुनः बैंकको नियमित जिम्मेवारी सम्हाल्न थाल्नुभएको हो ।
बैंक स्रोतका अनुसार सर्वोच्च अदालतबाट थुनामुक्त भएपछि पाण्डे कार्यालय उपस्थित भई नियमित प्रशासनिक तथा व्यवस्थापकीय काममा सक्रिय हुनुभएको छ । उहाँको पुनरागमनसँगै बैंकभित्र रोकिएका केही निर्णय प्रक्रियासमेत अघि बढ्ने अपेक्षा गरिएको छ ।
यसअघि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले स्मार्ट टेलिकमका उपकरण ऋण असुलीका क्रममा गरिएको लिलामी प्रक्रियामा अनियमितता भएको आशंकामा पाण्डेलाई पक्राउ गरेको थियो । उक्त घटनाले बैंकिङ क्षेत्रमै व्यापक चर्चा पाएको थियो ।
पक्राउपछि पाण्डे कानुनी उपचारका लागि सर्वोच्च अदालत पुग्नुभएको थियो । अदालतले अनुसन्धानका क्रममा थुनामा राख्नुपर्ने पर्याप्त आधार नदेखिएको भन्दै उहाँलाई रिहा गर्न आदेश दिएको थियो । अदालतको आदेशपछि उहाँ थुनामुक्त हुनुभएको थियो ।
पाण्डे पुनः काममा फर्किएसँगै बैंकको नेतृत्व स्थायित्वतर्फ उन्मुख भएको विश्लेषण गरिएको छ । पछिल्ला दिनमा बैंकिङ क्षेत्र नियामकीय निगरानी, कर्जा असुली प्रक्रिया तथा संस्थागत सुशासनका विषयमा थप संवेदनशील बन्दै गएको अवस्थामा यो घटनालाई चासोका साथ हेरिएको छ । बैंकिङ वृत्तमा पाण्डेको पुनरागमनले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक सञ्चालन र दीर्घकालीन रणनीतिक योजनामा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र