काठमाडौं । नेपाली कांग्रेसले आगामी प्रदेश तथा स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै ‘निर्वाचन ब्युरो’ मा १७ जना सदस्य मनोनयन गरेको छ।
पार्टीकी उपसभापति पुष्पा भुसाल को संयोजकत्वमा गठित ब्युरोमा नेता गगनकुमार थापा ले बुधबार विभिन्न जिल्लाका १७ जना व्यक्तित्वलाई जिम्मेवारीसहित कार्यादेश (टिओआर) प्रदान गर्नुभएको हो।
मनोनयन हुने सदस्यहरूमा जीवन परियार, अब्दुल सत्तार, नानु बास्तोला, सन्दीप राना, वंशलाल तामाङ, प्रकाश तिवारी, महेश ढुङ्गेल, दीपक महतो, हरि पोखरेल, सुदर्शन आचार्य, रोहित पौडेल, डा. भुमीराज चापागाईं, सिद्धार्थ थापा, नवराज त्रिपाठी, तेज बिनोद पौडेल, जगनाथ लामिछाने र मिलनराज बर्तौला रहेका छन्।
नवनियुक्त सदस्यहरूलाई पार्टीको निर्वाचन तयारीलाई तथ्य र तथ्याङ्कमा आधारित बनाउँदै वैज्ञानिक ढंगबाट अघि बढाउने मुख्य जिम्मेवारी दिइएको छ।
ब्युरोले देशभरका ७५३ स्थानीय तह, ६ हजार ७४३ वडा तथा सातै प्रदेशको विस्तृत निर्वाचन योजना तयार गर्ने जनाएको छ। यसका लागि डाटा एनालिस्ट, रिसर्चर तथा डिजिटल विज्ञसहितको सात सदस्यीय प्राविधिक समिति र प्रादेशिक संयोजकहरूको विशेष संरचना समेत बनाइएको छ।
उक्त संरचनाले मतदाताको मनोविज्ञान, चुनावी लहर तथा स्थानीय मुद्दाहरूको सूक्ष्म विश्लेषण गरी उम्मेदवार छनोट प्रक्रियालाई थप तथ्यपरक बनाउन सहयोग गर्ने अपेक्षा गरिएको छ।
त्यस्तै, ब्युरोले गाउँ तथा वडा तहसम्म सूचनादाताको सञ्जाल निर्माण गरी नियमित रूपमा जनमतको प्रवृत्ति विश्लेषण गर्ने र त्यसकै आधारमा पार्टीको चुनावी घोषणापत्र तथा रणनीति परिमार्जनका लागि सुझाव दिने जनाएको छ।
पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा जारी विज्ञप्तिमा यस अभियानले कांग्रेसको निर्वाचन प्रतिस्पर्धात्मक क्षमता वृद्धि गर्नुका साथै आधुनिक राजनीतिक अभियानको आधार निर्माण गर्ने विश्वास व्यक्त गरिएको छ।
राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र