काठमाडौं । काठमाडौंको मुटु दरबारमार्गमा आगामी जेठ ९ गते १९औँ दरबारमार्ग स्ट्रिट फेस्टिभल आयोजना हुने भएको छ । यस वर्ष ‘एक्सट्रीम इनर्जी ड्रिङ्क’को मुख्य प्रायोजनमा महोत्सवलाई ‘एक्सट्रीम स्याटर्डे’ नाम दिइएको आयोजकले जनाएको छ ।
दरबारमार्ग विकास बोर्डको पहलमा माभरिक्स ग्रुप र आर्बिट्ररी इभेन्ट्सद्वारा आयोजित महोत्सवले सबै उमेर समूहका दर्शकलाई मनोरञ्जन प्रदान गर्ने लक्ष्य राखेको छ । आयोजकका अनुसार हरेक वर्षझैँ यसपटक पनि सर्वसाधारणले निःशुल्क रूपमा महोत्सवको आनन्द लिन सक्नेछन् ।
महोत्सवमा बालबालिकाका खेल, बास्केटबल, ई-स्पोर्ट्स, सांस्कृतिक झाँकी, कोस्प्ले तथा फोटो बुथ आकर्षणका रूपमा रहनेछन् । विभिन्न स्वादका खानाका स्टल तथा पेय पदार्थका व्यवस्था पनि गरिनेछ । सांगीतिक प्रस्तुतिअन्तर्गत मुख्य तथा सहायक स्टेजमा चर्चित डिजे र कलाकारहरूको प्रस्तुति रहनेछ । कार्यक्रममा जोन एन्ड द लोकल्स, द एक्स, फोल्कट्रोनिक्स, एसटी म्यान, जे अथर, सालिन मगर एन्ड ब्याण्ड, प्रिजोल नेपाली एन्ड सरर तथा गन एल्भिसलगायत कलाकार सहभागी हुनेछन् ।
कार्यक्रम सञ्चालन रेमन दास श्रेष्ठ, रुविष्का श्रेष्ठ, सुदित श्रेष्ठ र सलिना महर्जनले गर्नुहुनेछ । आयोजकका अनुसार दरबारमार्ग स्ट्रिट फेस्टिभलले काठमाडौंको सांस्कृतिक तथा पर्यटकीय पहिचानलाई प्रवर्द्धन गर्दै एकता र मनोरञ्जनको वातावरण सिर्जना गर्दै आएको छ । यस वर्षको ‘एक्सट्रीम स्याटर्डे’ अघिल्ला संस्करणभन्दा थप उत्साहजनक र स्मरणीय हुने विश्वास आयोजकले व्यक्त गरेका छन् ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि
श्रीमान् हत्या आरोपमा श्रीमतीसहित छोरा
केटाकेटी आए गुलेली खेलाए…