हेटौंडा । मकवानपुरको भिमफेदी गाउँपालिका–६ जुरिखेत स्थित भिमफेदी–कुलेखानी सडकखण्डमा इभि दुर्घटना हुँदा ६ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मिति २०८३ साल जेठ ६ गते वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको बा प्र ०३–००१ ज १३७१ नम्बरको इभि तीव्र गतिका कारण अनियन्त्रित भई सडकको बायाँ साइडको भित्तामा ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा चालकसहित ८ जना सवार रहेकोमा ६ जना सामान्य घाइते भएका छन्। घाइतेहरूलाई उपचारका लागि नेशनल अस्पताल, कलंकी काठमाडौं पठाइएको प्रहरीले जनाएको छ। दुर्घटनाबाट इभिमा क्षति पुगेको भए पनि सडक अवरुद्ध नभएको र सवारीसाधन घटनास्थलमै रहेको बताइएको छ।
घाइतेहरू
१ मकवानपुर हेटौंडा उपमहानगरपालिका–१ लालझाडी बस्ने वर्ष ३९ का चालक पूर्णबहादुर रुम्बा ( छातीमा सामान्य चोट।
२ तनहुँ बन्दीपुर नगरपालिका–९ बस्ने वर्ष ३८ का मनोज गुरुङ ( दाहिने खुट्टामा सामान्य चोट।
३ मनोज गुरुङकी श्रीमती वर्ष २८ की उषा गुरुङ( निधारमा सामान्य चोट।
४ धनुषा मुखियापट्टी मुसहरमिया गाउँपालिका–४ बस्ने वर्ष ४१ का विकास झा(दाहिने हातमा सामान्य चोट।
५ भारत, बिहार राज्य, सितामढी जिल्ला मेजरगञ्ज(९ बस्ने वर्ष ३४ का सोनु रौनियार ( छातीमा सामान्य चोट।
६ सोनु रौनियारकी श्रीमती वर्ष २७ की संगिता रौनियार ( शरीरका विभिन्न भागमा भित्री चोट, अवस्था सामान्य।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र