कोलकाता । मनीष पाण्डेको उत्कृष्ट ब्याटिङको मद्दतले कोलकाता नाइट राइडर्स (केकेआर)ले इन्डियन प्रिमियर लिग (आईपीएल) मा मुम्बई इन्डियन्सलाई चार विकेटले पराजित गरेको छ ।
इडेन गार्डेन्समा बुधबार राति भएको खेलमा मुम्बईले दिएको १४८ रनको लक्ष्य कोलकाताले १८।५ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो । ७ बल बाँकी छँदै लक्ष्य पछ्याउने क्रममा कोलकाताका लागि मनीष पाण्डेले ३३ बलमा ४५ रनको महत्त्वपूर्ण इनिङ खेल्नुभयो । उहाँले खेलको ‘प्लेयर अफ द म्याच’ बन्नुभयो ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बई इन्डियन्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४७ रन मात्र बनाएको थियो । यो जितसँगै कोलकाताले अन्तिम खेल अगाडि १३ अंक जोडेको छ । कोलकाता तालिकाको छैटौं स्थानमा छ । नवौं स्थानमा रहेको मुम्बई आठ अंकमा सीमित छ ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र