जुम्ला । जुम्ला पूर्णखोप सुनिश्चितता जिल्ला घोषित भएको छ । जिल्लाका आठवटै स्थानीय तह पूर्णखोप सुनिश्चितता घोषणा भएपछि जिल्लालाई पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा गरिएको जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख किरणकुमार शर्माले जानकारी दिनुभयो ।
जिल्लाको पातारासी गाउँपालिकालाई बुधबार एक कार्यक्रमबीच पूर्णखोप सुनिश्चितता पालिका घोषणा गरिएको छ । जन्मदेखि २३ महिनासम्मका तथा नियमित खोप तालिकामा छुटेका सम्पूर्ण बालबालिकालाई खोप लगाइसकेपछि गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता घोषणा गरिएको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख रतन बुढ्थापाले जानकारी दिनुभयो ।
जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गैरीनन्द आचार्यले प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्दै पूर्णखोप दिगोपना सुनिश्चितता पालिका घोषणा गर्नुभएको हो । सबैको साझा प्रयासले गाउँपालिकालाई पूर्णखोप दिगोपना सुनिश्चित पालिका घोषणा गर्न सफल भएको समन्वय प्रमुख आचार्यले बताउनुभयो ।
खोप लगाउन गाउँ–गाउँ र घर–घरमा पुगेर सचेतना जगाउने काममा भूमिका खेलेका महिला स्वास्थ्य स्वयंसेविका र स्वास्थ्यकर्मीको अथक प्रयासले यो सम्भव भएको बताउँदै आगामी दिनमा त्यसलाई दिगोपना दिनका लागि पनि उत्तिकै भूमिका खेल्नुपर्ने गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाले बताउनुभयो ।
पूर्णखोपयुक्त पालिका घोषणा गर्न सबैको उत्तिकै जिम्मेवारी रहेको उहाँको भनाइ छ । घोषणापछि पनि यसलाई कायम राख्न सबैको सक्रियता आवश्यक पर्ने भएकाले सोहीअनुसार भूमिका निर्वाह गर्नुपर्ने अपेक्षा गरिएको उपाध्यक्ष रोकायाले बताउनुभयो ।
बालबालिकालाई पूर्णखोप दिएर स्वस्थ राख्नु पालिकाको जिम्मेवारी रहेको तथा शारीरिक र मानसिक रूपमा स्वस्थ राख्न आफ्ना बालबालिकालाई अनिवार्य रूपमा खोप लगाउनुपर्ने गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहोराले जानकारी दिनुभयो ।
चन्दननाथ नगरपालिकाभित्रका २२४ बालबालिकालाई पूर्णखोप प्रदान गरिएको स्वास्थ्य शाखा संयोजक क्षेत्र बुढ्थापाले जानकारी दिनुभयो । नगरपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना नगर घोषणा गरिएको चन्दननाथ नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
हिमा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख रतन रावतका अनुसार गाउँपालिकाका सबै वडाका १६ देखि २३ महिनासम्मका बालबालिकाले १५ महिनाको उमेरभित्र राष्ट्रिय खोप तालिकाअनुसार पाउनुपर्ने सबै खोप प्राप्त गरेको सुनिश्चित गरिएकाले गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र