धादिङ । धादिङमा वनको जग्गा अतिक्रमण गरेर निर्माण गरिएको पक्की व्यावसायिक भवन भत्काइएको छ ।
डिभिजन वन कार्यालय धादिङले पृथ्वीराजमार्गअन्तर्गत बेनिघाट रोराङ गाउँपालिका-३ मा सार्वजनिक वन क्षेत्र मिचेर बनाइएको भवन डोजर प्रयोग गरिएको डिभिजन वन कार्यालय धादिङका प्रमुख रोशना पोखरेलले बताउनुभयो ।
सर्वोच्च अदालतले २०७९ सालमै उक्त भबन हटाउन आदेश दिएको थियो । अदालतको आदेशपछि सम्बन्धित पक्षलाई पटक-पटक सूचना तथा समयसीमा दिइए पनि अटेर गरिएपछि जिल्ला प्रशासन कार्यालय धादिङ, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल तथा डिभिजन वन कार्यालयको संयुक्त टोलीले भवन भत्काइएको हो ।
सरकारले सार्वजनिक जग्गा अतिक्रमण गरेर निर्माण गरिएको पक्की घर टहराहरु धमाधम भत्काउदै आएको छ । सरकारले जारी गरेको सुचनालाई अटेर गरि अबैध रुपमा बसोबास गरेका र निर्माण भएका घर टहराहरु भत्काई रहेको छ ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र