काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अशोक चौधरीले इटहरी उपमहानगरपालिकामा आगलागी नियन्त्रणका लागि तत्काल आधुनिक दमकल र आवश्यक आपत्कालीन उपकरण उपलब्ध गराउन सरकारसँग माग गर्नुभएको छ ।
बिहीवार बसेको प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद चौधरीले इटहरीमा पछिल्लो समय लगातार भइरहेका भीषण आगलागीका घटनाप्रति सरकारको ध्यानाकर्षण गराउनुभएको हो । उहाँले पूर्वकै प्रमुख व्यापारिक केन्द्रका रूपमा रहेको इटहरीमा आगलागी नियन्त्रणका लागि पर्याप्त साधन र पूर्वतयारी नहुँदा नागरिकले ठूलो क्षति व्यहोर्नुपरेको बताउनु भयो ।
आन्दोलनका क्रममा उपमहानगरपालिकाका दमकलसहितका अत्यावश्यक सवारी साधनहरू जलेपछि हाल इटहरीमा अग्नि नियन्त्रण सेवा ठप्प जस्तै रहेको उहाँले उल्लेख गर्नुभयो । दमकल नहुँदा आगलागीका समयमा नागरिकहरू भगवान् पुकार्नुपर्ने निरीह अवस्थामा पुगेको उहाँको भनाइ थियो ।
सांसद चौधरीले इटहरी उपमहानगरपालिकामा दमकलसहित करिव १५ करोड रुपैयाँ बराबरका सार्वजनिक सवारी साधनहरू जलेको जानकारी दिँदै ती साधनहरूको बिमा नगरिएकोमा कडा आपत्ति जनाउनु भयो । जनताको करबाट खरिद गरिएका सरकारी सम्पत्तिको बिमा नगराउनु जनप्रतिनिधिहरूको चरम लापरबाही भएको उल्लेख गर्दै उहाँले दोषीमाथि तत्काल छानबिन गरी कारबाही गर्न माग गर्नुभयो ।
सांसद चौधरीले भन्नुभयो, ‘जेन-जी आन्दोलन पश्चात इटहरीको मुख्य बजार क्षेत्रमा लगातार तीनवटा भीषण आगलागीका घटना भए । दमकलको अभावमा नागरिकहरू आफ्नै आँखा अगाडि आफ्नो सम्पत्ति जलिरहेको हेर्न बाध्य छन् । हिजो मात्रै इटहरीको कस्तूरी कलेजमा विद्युत् सर्ट भई आगलागी भयो, सौभाग्यवश मानवीय क्षति भएन, तर यस्तो अवस्थामा जिम्मेवारी कसले लिने ?’
उहाँले इटहरीमा तत्काल आधुनिक दमकल, एम्बुलेन्स र अन्य आपतकालीन उपकरणहरू उपलब्ध गराई सेवालाई प्रभावकारी बनाउन नेपाल सरकारसँग जोडदार माग गर्नुभएको छ ।






राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र