हेटौंडा । हेटौंडा उपमहानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नआउँदा वडा कार्यालयदेखि नगरस्तरसम्मका अधिकांश कामकाज ठप्प भएका छन् ।
उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरत गौतमको जेठ ४ गते अवकाश भएपछि सोही दिनदेखि प्रशासनिक काम प्रभावित बनेको नगरपालिकाका एक कर्मचारीले जानकारी दिएका छन् । अवकाश मिति जेठ ४ गते भए पनि गौतम करिब एक महिनाअघि नै बिदामा बस्नुभएको थियो ।
उहाँको अवकाशसँगै नयाँ प्रमुख प्रशासकीय अधिकृत नआएसम्म प्रशासनिक काम रोकिएको बताइएको छ ।
उपमहानगरपालिकाका प्रशासन शाखा प्रमुख जगन्नाथ अर्यालकाअनुसार वैशाख १४ गतेपछि गौतम व्यक्तिगत कामले कार्यालय बाहिर रहनु भएको थियाे । “जेठ ४ गते अवकाश हुने पत्र आइसकेपछि निमित्तको अधिकार पनि नरहेको अवस्था भयो,” उहाँले भन्नुभयो, “नयाँ प्रमुख प्रशासकीय अधिकृत नआएसम्म अधिकांश काम रोकिएको छ ।”
अर्यालकाअनुसार यसले स्थानीय तहको बजेट निर्माण प्रक्रियामा समेत असर परेको छ । संघीय सरकारले नयाँ प्रमुख प्रशासकीय अधिकृत पठाउने निर्णयको प्रतीक्षामा उपमहानगरपालिका रहेको उहाँले बताउनु भयाे ।





राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र