अर्जुन प्रधान/अमेरिका । भुटानी–अमेरिकी शिक्षक तथा समुदाय अगुवा मित्र सुवेदी केन्टकी हाउस डिस्ट्रिक्ट-३० को डेमोक्रेटिक प्राइमरी निर्वाचनमा विजयी हुनुभएको छ । उहाँले वर्तमान सांसद डेनियल ग्रोसबर्ग र उम्मेदवार क्यासी लाइल्सलाई पछि पार्दै जित हासिल गर्नुभएको हो ।
प्राप्त मतपरिणामअनुसार सुवेदीले दुई हजार ९५ मत अर्थात् ४४.७ प्रतिशत मत प्राप्त गर्नुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी क्यासी लाइल्सले एक हजार ४९५ मत प्राप्त गर्दा डेनियल ग्रोसबर्ग एक हजार ९६ मतमा सीमित हुनुभयो ।
जितपछि प्रतिक्रिया दिँदै सुवेदीले आफ्ना समर्थक, स्वयंसेवक तथा समुदायप्रति आभार व्यक्त गर्नुभएको छ । उहाँले ‘आज हामीले सँगै इतिहास रचेका छौं’ भन्दै निर्वाचन अभियानमा साथ दिने सबैलाई धन्यवाद दिनुभएको छ ।
‘भोट हाल्ने, घरदैलो अभियानमा सहभागी हुने, मतदानस्थलमा मतदातालाई उत्साहित गर्ने, प्रार्थना र हौसला प्रदान गर्ने सबैप्रति म आभारी छु,’ उहाँले भन्नुभयो, ‘हाम्रो समुदायको माया, प्रोत्साहन र समर्थनबिना यो सफलता सम्भव हुने थिएन ।’
सन् २०११ देखि लुइसभिलमा बसोबास गर्दै आउनुभएका सुवेदी फर्न क्रिक हाईस्कुलमा गणित शिक्षकका रूपमा कार्यरत हुनुहुन्छ । साथै, उहाँ भुटानी हिन्दू समाज केन्टकीका कार्यकारी निर्देशकसमेत हुनुहुन्छ ।
उहाँको जितलाई केन्टकीको राजनीतिमा भुटानी तथा नेपाली मूलका आप्रवासी समुदायको प्रतिनिधित्व अझ सशक्त बनेको रूपमा हेरिएको छ । विभिन्न सामाजिक संघसंस्था तथा नेपाली भाषी भुटानी समुदायका अगुवाहरूले सुवेदीको विजयलाई ‘सम्पूर्ण नेपाली समुदायको गौरव’ भन्दै शुभकामना व्यक्त गरेका छन् ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र