काठमाडाैं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह उपस्थित हुने बताउनुभएको छ ।
संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । सभापति लामिछानेलाई सञ्चारकर्मीले प्रधानमन्त्रीलाई संसद बैठकमा किन ल्याउन सक्नुभएन ? भनेर प्रश्न गरेका थिए । जवाफ सभापति लामिछानेले प्रधानमन्त्री बैठकमा सहभागि हुने बताएपनि कहिले सहभागि हुनेबारे खुलाउनुभएन ।
उहाँले भन्नुभयो, ‘उहाँ संसदमा नआउने भन्ने कुरै छैन, आइहाल्नुहुन्छ । आएपछि तपाईंहरुले सबै कुरा थाहा पाइहाल्नुहुन्छ । पार्टीको महाधिवेशन गर्न ढिला भइसकेको हो नि । हामीले पहिले नै मिति तोकेर सारेका हौँ नि ।’
फरक प्रसंगमा बोल्दै सभापति लामिछानेले पार्टीको महाधिवेशन गर्न ढिला भएको स्वीकार गर्नुभयो । सञ्चारकर्मीले महाधिवेशन गर्न किन हतार गरेको रु भन्ने जिज्ञासाको जवाफ दिँदै उहाँले पहिल्यै कार्यतालिका तय गरेको भएपनि विशेष कारणले सार्नुपरेको बताउनु भयो ।







ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र
काठमाडौंमा ठूलो परिमाणमा नक्कली दूध