धादिङ । धादिङमा भारतीय नम्बर प्लेटको बसले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् ।
धादिङको गल्छी गाउँपालिका-७ स्थित गल्छी चोकमा भारतीय नम्बर प्लेटको बसको ठक्कर दिदा गजुरी गाउँपालिका-५ निवासी ५२ वर्षीय सोमबहादुर राईको मृत्यु भएको धादिङ प्रहरीले जनाएको छ ।
यस्तै दुर्घटनामा उनकी श्रीमती ५५ वर्षीया माया राई गम्भीर घाइते भएकी छन् ।
बिहिबार काठमाडौंबाट भारततर्फ जाँदै गरेको युके ०७ पिए १७१८ नम्बरको बसले सडक पार गर्दै गरेका दम्पतीलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रकाश दाहालले जानकारी दिनुभयो ।
दुर्घटनापछि घाइते दुवैलाई उपचारका लागि बैरेनी अस्पताल लगिएको थियो । उपचारकै क्रममा सोमबहादुर राईको मृत्यु भएको प्रहरीले जनाएको छ । गम्भीर घाइते माया राईलाई थप उपचारका लागि काठमाडौंस्थित ट्रमा सेन्टर रिफर गरिएको छ । ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि
श्रीमान् हत्या आरोपमा श्रीमतीसहित छोरा
केटाकेटी आए गुलेली खेलाए…