काठमाडाैं । उत्तरी चीनको शान्सी प्रान्तस्थित किन्युआन काउन्टीको एक कोइला खानीमा भएको दुर्घटनामा परी मृत्यु हुनेको संख्या आठ पुगेको छ ।
स्थानीय आपतकालीन व्यवस्थापन प्राधिकरणले शनिबार दिएको जानकारी अनुसार खानीमा अझै ३८ जना कामदार फसिरहेका छन् । किन्युआन काउन्टीमा रहेको लिउसेन्यु कोइला खानीमा शुक्रवार साँझ ७ः२९ बजे ग्यास विस्फोट भएको थियो ।
विस्फोटको समयमा खानीभित्र कूल २४७ जना कामदार कार्यरत रहेका थिए । शनिवार बिहान ६ बजेसम्म २०१ जनालाई खानीबाट बाहिर निकालिएको छ, जसमा आठ जनाको मृत्यु भएको पुष्टि भएको छ ।
खानीभित्र फसेका अन्य व्यक्तिहरूको खोजी तथा उद्धार कार्य अहिले पनि जारी रहेको अधिकारीहरूले बताएका छन् । उक्त दुर्घटना कसरी भयो भन्नेबारे विस्तृत अनुसन्धान भइरहेको जनाइएको छ ।







च्याम्पियन्स लिग : एमबाप्पे र
तेक्वान्दोको निर्णायक मण्डलमा छनोट हुनुभएका
एभरेष्ट भ्यु ट्रेल रेसलाई अन्तर्राष्ट्रिय
माफ बास्केटबलमा ४४ टोली
बालोन डी’ओर मनोनयन सार्वजनिक
डब्लुटिटी युथ कन्टेन्डरमा प्रतिस्पर्धा गर्न