काठमाडौं । ज्ञान ज्योती एकेडेमी ले एसईई परीक्षामा ४ जीपीए प्राप्त गर्ने दुई विद्यार्थीलाई सम्मान गरेको छ ।
विद्यालयको ३७औँ स्थापना दिवस तथा अभिभावक दिवसको अवसरमा उक्त विद्यालयबाट ४ जीपीए ल्याउन सफल प्रबन्ध पौडेल र अविनाश पौडेललाई सम्मान गरिएको हो । प्रबन्धले २०८२ सालको एसईई परीक्षामा ४ जीपीए प्राप्त गरेका हुन् भने अविनाशले २०८१ सालमा ४ जीपीए हासिल गर्नुभएको थियो ।
विद्यालयले यस वर्षको एसईई परीक्षामा शतप्रतिशत नतिजा ल्याउन सफल भएको छ । यस वर्ष १७ जना विद्यार्थी एसईई परीक्षामा सहभागी हुनुभएको थियो । कार्यक्रममा शैक्षिक क्षेत्रका विशिष्ट व्यक्तित्व प्रा। हेमाङ्गराज अधिकारी, विद्यालयका प्रधानाध्यापक गोवर्धन थापा तथा विद्यालयकी प्रबन्धक निर्मला थापा ९निरु० लगायतको सहभागिता रहेको थियो ।
विद्यालयले विभिन्न समयमा सञ्चालन गरेका अतिरिक्त क्रियाकलापहरूमा उत्कृष्ट हुने विद्यार्थीहरूलाई मेडल तथा प्रमाणपत्र प्रदान गरी सम्मानसमेत गरेको थियो । कार्यक्रममा साना भाइबहिनीहरूले आकर्षक नृत्य प्रस्तुति दिनुभएको थियो ।







ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र
काठमाडौंमा ठूलो परिमाणमा नक्कली दूध