काठमाडौं । रिलायन्स एजुकेशन नेटवर्क अन्तर्गतको रिलायन्स पब्लिक स्कुलले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण विद्यार्थीहरूलाई सम्मान तथा विदाइ गरेको छ । चावहिलस्थित स्मार्ट प्यालेसमा आयोजित ‘एसइई ग्राजुएट्स फेलिसिटेसन एण्ड फेयरवेल प्रोग्राम २०८२’ मार्फत विद्यालयले विद्यार्थीहरूलाई शुभकामनासहित औपचारिक विदाइ गरेको हो ।
कार्यक्रममा चार जिपिए हासिल गर्ने तीन जना विद्यार्थी भावना वस्नेत, भाषिका शर्मा र अग्रिम गुरागाईंलाई जनही १० हजार रुपैयाँ नगदसहित सम्मान गरिएको विद्यालयले जनाएको छ । साथै उत्तीर्ण विद्यार्थीहरूलाई ग्राजुएसन ह्याट, मायाको चिनो तथा सम्मानपत्र प्रदान गरिएको थियो ।
कार्यक्रमका अवसरमा प्रधानाध्यापक वसन्तलाल लामिछानेले स्वागत मन्तव्य व्यक्त गर्दै उत्कृष्ट नतिजा विद्यार्थी, अभिभावक, शिक्षक र विद्यालय व्यवस्थापनको संयुक्त प्रयासको परिणाम भएको उल्लेख गर्नुभयो । उहाँले रिलायन्स पब्लिक स्कुलले शैक्षिक उपलब्धिसँगै संस्कारयुक्त शिक्षालाई पनि प्राथमिकतामा राख्दै आएको बताउनुभयो ।
अभिभावकको तर्फबाट बासु गुरागाईंले विद्यालयप्रति आभार व्यक्त गर्दै विद्यार्थीहरूको भविष्य निर्माणमा विद्यालयले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्नुभयो ।
कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ पत्रकार, लेखक, विश्लेषक तथा प्राध्यापक पुरुषोत्तम दाहालले शिक्षाले मात्र पूर्ण पहिचान नबनाउने भन्दै विद्यार्थीलाई आफ्नो अन्तर्निहित प्रतिभा र क्षमताको पहिचान गरी त्यसलाई उजागर गर्न आग्रह गर्नुभयो ।
कार्यक्रमको सभापतित्व रिलायन्स एजुकेशन नेटवर्कका कार्यकारी अध्यक्ष रविन्द्रजंग थापाले गर्नुभएको थियो । उहाँले रिलायन्सले वर्षौँदेखि दक्ष जनशक्ति उत्पादन गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा अझ उत्कृष्ट शैक्षिक वातावरण निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
रिलायन्सका छिरिङ पासाङ शेर्पाले सगरमाथा आरोहणका क्रममा विद्यालय र राष्ट्रिय झण्डा फहराएर संस्थाको गरिमा बढाएको प्रसंग उल्लेख गर्दै विद्यालयले उत्पादन गरेको शैक्षिक जनशक्ति देश–विदेशमा सफलतापूर्वक अघि बढिरहेको बताउनुभयो ।
कार्यक्रममा ध्यान, राष्ट्रिय गान, अनुभव आदानप्रदान, शुभकामना मन्तव्य, शिक्षक सम्मान तथा विविध सांगीतिक प्रस्तुति समावेश गरिएको थियो ।





निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि
श्रीमान् हत्या आरोपमा श्रीमतीसहित छोरा
केटाकेटी आए गुलेली खेलाए…