धादिङ। उत्तरी धादिङको रुबीभ्याली गाउँपालिकामा साइकल दुर्घटना हुँदा एक जना गम्भीर घाइते भएका छन् ।
आज दिउँसो रुबीभ्याली गाउँपालिका–१ सोमदाङबाट सेर्तुङ हुँदै बोराङतर्फ जाँदै गरेको साइकल अनियन्त्रित भई वडा नं. ३ स्थित गुफाभिरबाट करिब २०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
दुर्घटनामा काठमाडौं सुकेधारा बस्ने अन्दाजी ५२ वर्षीय प्रशान्त पाण्डे गम्भीर घाइते भएका छन् ।
घटनापछि प्रहरी चौकी सेर्तुङ र नेपाली सेनाको संयुक्त टोलीले उद्धार गरेको थियो । घाइतेलाई आधारभूत स्वास्थ्य चौकी सेर्तुङमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।
उहाँको हाल काठमाडौंस्थित हेम्स अस्पतालमा उपचार भइरहेको छ ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि
श्रीमान् हत्या आरोपमा श्रीमतीसहित छोरा
केटाकेटी आए गुलेली खेलाए…