धादिङ । कृष्णभिरमा माइक्रोबस दुर्घटना हुँदा ५ जना घाइते भएका छन् ।
धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ स्थित कृष्णभिरमा काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको ग १ ख २७९६ नम्बरको माइक्रोबस अनियन्त्रित भएर सडकमा पल्टिँदा दुर्घटना भएको जिल्ला प्रहरीले जनाएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङका अनुसार माइक्रोबसमा चालक र सहचालकसहित १३ जना सवार थिए । दुर्घटनालगत्तै स्थानीयवासी, प्रहरी तथा उद्धार टोलीले घाइतेहरूको उद्धार गरी उपचारका लागि नजिकैको स्वास्थ्य संस्थामा पठाएका छन् ।
दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
फिफा विश्वकप २०२६ हेर्न डिशहोमको
भेडा-भेडासँग बाख्रा-बाख्रासँग
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि