कोलोराडो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)को आयोजनामा नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन अमेरिकाको कोलोराडोमा शनिबार सुरु भएको छ ।
सम्मेलनको उद्घाटन मदन पुरस्कार विजेता प्रमुख अतिथि डा. नवराज लम्साल, समाजका संस्थापक अध्यक्ष होमनाथ सुवेदी, वर्तमान अध्यक्ष सर्वज्ञ वाग्ले तथा बोर्ड अफ ट्रष्टी सभापति पदम विश्वकर्माले संयुक्त रूपमा गर्नुभएको थियाे ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै डा. लम्सालले अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाली भाषी साहित्यकारहरूको अन्तर्राष्ट्रिय संसदका रूपमा स्थापित भएको बताउनुभयो । उहाँले नेपालको सीमाभन्दा बाहिर सिर्जना हुने नेपाली साहित्यलाई अलग राखेर नेपाली भाषा र साहित्य पूर्ण हुन नसक्ने धारणा व्यक्त गर्नुभयो ।
सम्मेलनमा मदन पुरस्कार विजेता लम्साल, निलम कार्की निहारिका, समालोचक महेश पौडेल तथा आचार्य राजन लाई सम्मान गरिएको थियो ।
अनेसासका अध्यक्ष सर्वज्ञ वाग्लेको अध्यक्षतामा सुरु भएको उद्घाटन सत्रमा सम्मेलन संयोजक तथा अनेसास कोलोराडो च्याप्टरका अध्यक्ष किरण अधिकारीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन अनेसासका महासचिव राजु सिटौला र कोषाध्यक्ष तारा अधिकारीले गर्नुभएको थियो ।

तीन दिनसम्म सञ्चालन हुने सम्मेलनमा ‘इतिहासमा आख्यान र आख्यानमा इतिहास’, ‘नेपाली भाषा–साहित्यको प्रवर्द्धनमा प्रवासी पत्रकारिताको भूमिका’ लगायत दर्जनौँ महत्वपूर्ण सत्र तथा छलफल आयोजना गरिएका छन् । विभिन्न साहित्यकार, लेखक तथा पत्रकारहरूले नेपाली डायस्पोरामा विस्तार हुँदै गएको नेपाली साहित्यबारे विमर्श गरिरहेका छन् ।
सम्मेलनमा सतेन्द्र साह, मदन पुरस्कार विजेता साहित्यकार निलम कार्की निहारिका, वरिष्ठ देउडा गायक नन्दकृष्ण जोशी, अंग्रेजी साहित्यकार डा. ज्याकलिन केरबेक, रेड ओ लाफ्लिन, राधेश्याम लेकाली, पूर्व प्रधानसम्पादक तथा लेखक सुधीर शर्मा, प्रधान सम्पादक बसन्त बस्नेत, सम्पादक बबिता बस्नेत, नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष बिपुल पोखरेल, पूर्व प्रस्तोता नारायण श्रेष्ठ तथा नेपाल अमेरिका पत्रकार समाज (नेजा) का अध्यक्ष सुरज भण्डारी लगायत नेपाल, अमेरिका तथा युरोपका विभिन्न देशबाट २०० भन्दा बढी साहित्यकार, लेखक, पत्रकार र संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको छ ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर