कालीकाेट । कालीकाेटमा ड्युटीमै खटिएका एक प्रहरी कर्मचारीको मृत्यु भएको छ । जिल्लाकाे तिलागुफा नगर-५ स्थित खल्लागार्ड प्रहरी चाैकीमा कार्यरत ४८ वर्षीय प्रहरी सहायक निरीक्षक (असई) लिला बहादुर खत्रीको निधन भएको हाे ।
ड्युटीमै रहेका खत्रीलाई अचानक छाती दुखेपछि बेहोस भएको बताइएको छ । उनलाई तत्काल उपचारका लागि एम्बुलेन्समार्फत जिल्ला अस्पताल मान्म लगिएको भए पनि उपचारका क्रममा सोमबार दिउँसो १२:२५ बजे चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कालीकाेटले जनाएको छ ।
बाँके जिल्लाको राप्ती साेनारी गाउँपालिका वडा नम्बर-२ स्थायी घर भएका खत्रीकाे इलाका प्रहरी चाैकी पचालझरनामा दरबन्दी भएपनि हाल उनलाई तिलगुफा नगरपालिकाको खल्लागार्ड प्रहरी चौकीमा खटाइएको जिप्रका कालीकाेटकाे प्रेस विज्ञप्तिमा उल्लेख छ ।
ड्युटीकै क्रममा राष्ट्रसेवामा खटिएका एक प्रहरी कर्मचारीको अचानक निधनले सुरक्षा निकायमा अपूरणीय क्षति पुगेको बताइएको छ ।







ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र
काठमाडौंमा ठूलो परिमाणमा नक्कली दूध