काठमाडौं । बुढानीलकण्ठस्थित गणेश चोकमा रहेको ‘सब्रिना’ होटल अब ‘ट्राइब काठमाडौं’ को नामबाट सञ्चालन हुने भएको छ । सब्रिना होटल र ट्राइब होटलबीच भारतको राजधानी नयाँदिल्लीमा सम्झौता भएसँगै सब्रिना होटल ट्राइब काठमाडौं नामबाट सञ्चालन हुने भएको हो ।
ट्राइब विश्वप्रसिद्ध फ्रान्सेली होटल ग्रुप एकोर लाइफस्टाइल ब्राण्ड हो । विश्वभर ट्राइब ब्राण्डका २७ होटल सञ्चालनमा छन् । सब्रिना होटलका अध्यक्ष निराजन थापाले एकोरसँग सम्झौताले नेपालमा ट्राइब ब्राण्ड ल्याएको भन्दै होटल अब ल्याण्डमार्क लाइफस्टाइल गन्तव्य बन्ने विश्वास व्यक्त गर्नुभएको छ । उहाँका अनुसार हाल होटल पाँचतारेमा स्तरोन्नति भइरहेको छ । स्तरोन्नतिपछि एक सय १० वटा कोठा हुनेछन् ।
स्तरोन्नतिपछि होटलमा तीनवटा रेस्टुरेन्ट रहने र नेपालको हालसम्मकै सबैभन्दा ठूलो रूफटप रेस्टुरेन्ट हुने बताइएको छ ।
होटलमा पौडी पोखरी, हेल्थ क्लब, स्पा, जिमलगायतका सुविधा रहेका छन् । होटलले साधारण सेयर पनि जारी गर्दैछ । हाल कम्पनीको जारी पुँजी एक अर्ब २२ करोड रहेको छ । कम्पनीले ४७ करोड ४ लाख रुपैयाँको सेयर जारी गर्ने तयारी गरेको छ ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर