रौतहट । पूर्वपश्चिम महेन्द्र राजमार्गमा बसले ठक्कर दिदा माेटरसाईकल चालककाे मृत्यु भएको छ ।
रौतहटको चन्द्रपुर नगरपालिका–२ स्थित महेन्द्र राजमार्गको पूर्वी लच्का नजिक बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।
बुधबार लाहानबाट नारायणघाटतर्फ जादै गरेको ना ५ ख ७२४८ नम्बरको बसले विपरीत दिशातर्फ आउदै गरेको ना २५ प १०८० नम्बरको मोटरसाइकललाई ठक्कर दिदा माेटरसाईकल चालक गम्भीर घाइते भएकाेे राैतहट प्रहरीले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक रौतहटकाे चन्द्रपुर नगरपालिका–१ नयाँबस्ती बस्ने शेख फुवाजुलकाे २६ वर्षीय छाेरा शेख गुलामलाई उपचारका लागि चपुर सरकारी अस्पताल लगिएकोमा चिकित्सकले शेख गुलामलाई मृत घोषणा गरेकाे जिल्ला प्रहरी कार्यालय राैतहटले जानकारी दिएको छ ।
दुर्घटनामा संलग्न बस,मोटरसाइकल तथा बस चालक मकवानपुरको गढी गाउँपालिका–३ बस्ने ५९ वर्षीय लक्ष्मी भक्त ओझालाई प्रहरीले नियन्त्रणमा राखेकाे छ।
मृतकको शव अहिले सरकारी अस्पताल चपुरको शवगृहमा राखिएको प्रहरीले जनाएको छ।







ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र
काठमाडौंमा ठूलो परिमाणमा नक्कली दूध