गुल्मी । गुल्मीमा दोस्रो राष्ट्रिय आर्थिक गणना अभियान अन्तर्गत तथ्याङ्क संकलनको कार्य तिव्र रूपमा अगाडि बढेको छ । यस जिल्लाका दुई नगरपालिका र दश गाउँपालिकाका सबै वडामा पुगेर गणक तथा सुपरीवेक्षकले आर्थिक क्रियाकलाप सञ्चालन हुने एकाइमा पुगेर तथ्याङ्क सङ्कलन गरिरहनुभएको छ ।
'अर्थतन्त्र मापनका लागि आर्थिक गणना' भन्ने मुल नारासहित सञ्चालन भएको दोस्रो राष्ट्रिय आर्थिक गणना, २०८२ को स्थलगत तथ्याङ्क संकलन कार्य जिल्लाभर प्रभावकारी रूपमा अघि बढिरहेको जिल्ला आर्थिक गणना अधिकारी गीता भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्म यस जिल्लमा आठ हजार ७३२ प्रतिष्ठानबाट तथ्याङ्क सङ्कलन सम्पन्न भइसकेको छ ।
विसं २०७५ सालको पहिलो आर्थिक गणनामा यहाँका नौ हजार ५४८ प्रतिष्ठानको गणना गरिएको थियो । पहिलो आर्थिक गणनाको तुलनामा दोस्रो आर्थिक गणनाको लागि हालसम्म ९१ दशमलव पाँच प्रतिशत तथ्याङ्क संकलन गरिएको छ । दोस्रो आर्थिक गणनाको लागि करिब १२ हजार प्रतिष्ठानको गणना गरिने लक्ष्य राखिएको छ । जसमा हालसम्म ७३ प्रतिशत तथ्याङ्क संकलन गरिएको उहाँले जानकारी दिनुभयो ।
यस जिल्लाको रेसुङ्गा नगरपालिकामा ७९ दशमलव ३४ प्रतिशत, मुसिकोट नगरपालिकामा ८४ दशमलव ०१ प्रतिशत, इस्मा गाउँपालिकामा ६३ दशमलव १५ प्रतिशत, कालीगण्डकी गाउँपालिकामा ७५ दशमलव १५ प्रतिशत, गुल्मीदरबार गाउँपालिकामा ५६ दशमलव २३ प्रतिशत, चन्द्रकोट गाउँपालिकामा ७१ दशमलव ९७ प्रतिशत, छत्रकोट गाउँपालिकामा ६२ दशमलव ८१ प्रतिशत, धुर्कोट गाउँपालिकामा ७१ दशमलव ३६ प्रतिशत तथ्याङ्क संकलन भएको गरिएको छ ।
त्यसैगरी मदाने गाउँपालिकामा ७७ दशमलव २४ प्रतिशत, मालिका गाउँपालिकामा ६७ दशमलव ३१ प्रतिशत, रुरुक्षेत्र गाउँपालिकामा ७५ दशमलव ८९ प्रतिशत, तथा सत्यवती गाउँपालिकामा ७२ दशमलव ३९ प्रतिशत तथ्याङ्क संकलन गरिएको जिल्ला आर्थिक गणना कार्यालय गुल्मीले जनाएको छ । हालसम्म यस जिल्लाका अधिकांश वडामा तथ्याङ्क संकलन कार्य सम्पन्न भइसकेको छ। बाँकी क्षेत्रमा निर्धारित समयसीमाभित्र कार्य सम्पन्न गर्ने लक्ष्यसहित सुपरीवेक्षक तथा गणकहरू सक्रिय रूपमा परिचालित छन् ।
यस जिल्लामा आर्थिक गणना अभियानलाई प्रभावकारी बनाउन प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रे र प्रमुख कोष नियन्त्रक महेन्द्र प्रसाद भण्डारीले विभिन्न स्थानमा पुगेर गणनाको प्रत्यक्ष अनुगमन गर्नुभएको छ । अनुगमनका क्रममा उहाँहरूले सम्बन्धित पालिकाका सुपरीवेक्षक तथा गणकहरूसँग भेट गरी कार्यप्रगति, देखिएका चुनौती तथा आगामी कार्ययोजनाबारे जानकारी लिई आवश्यक मार्गदर्शन समेत प्रदान गर्नुभयो। वैशाख २ देखि सुरु भएको आर्थिक गणना अभियान असार ७ गतेसम्म सञ्चालन हुनेछ ।
आर्थिक गतिविधिसँग सम्बन्धित उद्योग, व्यापार, सेवा, होटल तथा रेष्टुरेन्ट, यातायात, कृषि, लगायतका क्षेत्रको विवरण संकलन भइरहेको छ। गणनाका क्रममा व्यवसायको दर्ता अवस्था, संलग्न कर्मचारी संख्या, लगानी, खर्च, उत्पादन लगायतका महत्वपूर्ण तथ्याङ्क सङ्कलन गरिँदै आएको छ । गणनाबाट प्राप्त सम्पूर्ण विवरण पूर्ण रूपमा गोप्य राखिने हुँदा गणकहरू तथ्याङ्क संकलनका लागि प्रतिष्ठानमा आउँदा निर्धक्क भएर तथ्याङ्क उपलब्ध गराउन जिल्ला आर्थिक गणना कार्यालयले उद्यमी व्यावसायीलाई आग्रह गरेको छ ।







हरितालिका तीजमा पशुपतिनाथसहित शिवालयमा श्रद्धालुको
विद्यार्थी, शिक्षक तथा अभिभावको सुझावका
बर्दियामा छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको
नेपालभन्दा बाहिर गएर प्रतियोगिता जित्नु
विपद्को पीडाबीच आएको तीज, भक्तजन
चीनले इरानलाई सूचना दिएको खबर