रौतहट । पार्किङमा राखिएको मोटरसाईकलको लक भाचेर चोरी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
रौतहटको बौधीमाई नगरपालिका–७ बंकुल बजारस्थित मंगलबार राति करिब १० बजे रामप्रवेश कुश्वाहाको होटल अगाडि पार्किङ गरी राखिएको बिआर ०५ बिएन ७५८० नम्बरको हिरो मोटरसाइकल चोरी गर्ने क्रममा समयमै प्रहरी पुगेर दुबैजना पक्राय परेका हुन् ।
पक्राउ पर्नेमा रौतहटको बौधीमाई नगरपालिका–४ बस्ने जामुन राय यादवका २२ वर्षीय छोरा राकेश यादव र मौलापुर नगरपालिका–४ गहमरिया बस्ने गलजार यादवका २८ वर्षीय छोरा रौनिश यादव रहेको रौतहट प्रहरीले जानकारी दिएको छ ।
प्रहरीले उनीहरूले प्रयोग गरेको बा।४७प २६०१ नम्बरको मोटरसाइकल र चोरी गर्न लागिएको बिआर ०५ बिएन ७५८० नम्बरको हिरो मोटरसाइकल समेत नियन्त्रणमा लिएको जनाएको छ।
दुवै मोटरसाइकल हाल प्रहरी चौकी बंकुलमा राखिएको छ भने पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय रौतहट पठाइएको प्रहरीले जनाएको छ।





निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि
श्रीमान् हत्या आरोपमा श्रीमतीसहित छोरा
केटाकेटी आए गुलेली खेलाए…