काठमाडौं कलेज अफ सेन्ट्रल स्टेटले राजधानीमा गुणस्तरीय र व्यावहारिक शिक्षाको क्षेत्रमा विशिष्ट पहिचान स्थापित गर्दै आएको छ । सेन्ट्रल स्टेट एजुकेसन फाउण्डेसनद्वारा सञ्चालित यो स्कुल/कलेज काठमाडौं महानगरपालिका-१३ सोल्टीमोडमा अवस्थित छ । तीन दशक लामो शैक्षिक इतिहास बोकेको यस संस्थाले मध्यम तथा न्यून आय भएका अभिभावकका छोराछोरीलाई गुणस्तरीय शिक्षा उपलब्ध गराउँदै आएको छ । ख्यातिप्राप्त शिक्षक, प्राज्ञिक व्यक्तित्व तथा अनुभवी व्यवस्थापनको सक्रिय नेतृत्वमा सञ्चालन भइरहेको कलेजले हरेक वर्ष उत्कृष्ट शैक्षिक नतिजा हासिल गर्दै विद्यार्थी र अभिभावकको विश्वास जित्न सफल भएको छ । कलेजमा कक्षा ११ र १२ अन्तर्गत साइन्स, ह्युमनिटिज, म्यानेजमेन्ट तथा ल विषय अध्ययन गर्न सकिन्छ । त्यस्तै, स्नातक तहमा त्रिभुवन विश्वविद्यालयअन्तर्गत बिसिएस, बिबिएस, बिएसडब्लू, बिए तथा स्नातकोत्तर तहमा एमबिएस कार्यक्रम सञ्चालन हुँदै आएका छन् । कलेजको मुख्य उद्देश्य विद्यार्थीलाई केवल परीक्षा केन्द्रित शिक्षा दिनुमात्र नभई विश्वस्तरमा प्रतिस्पर्धा गर्न सक्ने ज्ञान, सीप र नवीन सोच प्रदान गर्नु रहेको कलेजका शैक्षिक निर्देशक टंकप्रसाद गैरे बताउनुहुन्छ । यहाँ देशभरिबाट विद्यार्थी अध्ययनका लागि आएका छन् ।
भौतिक पूर्वाधारका दृष्टिले पनि कलेज सम्पन्न मानिन्छ । सुविधा सम्पन्न तथा भूकम्प प्रतिरोधी भवन, स्मार्ट बोर्ड, प्रोजेक्टर र सिसिटिभी जडान गरिएका फराकिला कक्षाकोठा, समृद्ध पुस्तकालय, आधुनिक प्रयोगशाला, कम्प्युटर ल्याब तथा सेमिनार हल कलेजका प्रमुख विशेषता हुन् । विद्यार्थीको व्यक्तिगत रूपमा निगरानी र मार्गदर्शन गर्ने प्रणालीलाई पनि कलेजले प्राथमिकता दिएको छ । विद्यालय तथा कलेजले समय-समयमा अभिमुखीकरण तालिम, अभिभावक भेला, कार्यशाला, फिल्ड रिसर्चलगायत कार्यक्रम सञ्चालन गर्दै सिकाइलाई व्यावहारिक र जीवनोपयोगी बनाउने प्रयास गर्दै आएको छ । सहभागितामूलक तथा परियोजनामा आधारित शिक्षण पद्धतिले विद्यार्थीलाई अध्ययनमा सक्रिय बनाउने गरेको छ । ‘शिक्षासँगै संस्कार पनि, अध्ययनसँगै अवसर पनि’ भन्ने मूल नारालाई आत्मसात् गरेको यस कलेजबाट अध्ययन पूरा गरेका विद्यार्थी आज राष्ट्रसेवक कर्मचारी, उद्यमी, समाजसेवी, उद्योगी तथा व्यवसायीका रूपमा देश-विदेशमा स्थापित भएका छन् । शैक्षिक गतिविधिसँगै खेलकुद, गायन, नृत्य, चित्रकलालगायत अतिरिक्त क्रियाकलापमा समेत कलेजले विशेष जोड दिने गरेको छ । प्रतिभाशाली विद्यार्थीलाई प्रोत्साहन गर्न कक्षा ११ मा भर्ना हुने क्रममा विभिन्न क्षेत्रका प्रतिभावान् विद्यार्थीका लागि विशेष छात्रवृत्तिको व्यवस्थासमेत गरिएको बताउनुहुने कलेजका शैक्षिक निर्देशक टंकप्रसाद गैरेसँग हिमालय टाइम्सका लागि दिपिका न्यौपानेले गर्नुभएको संवादको संक्षिप्त अंशः-
एसइईपछि किन रोज्ने काठमाडौं कलेज अफ सेन्ट्रल स्टेट ?
एसइईपछि विद्यार्थी आफ्नो भविष्यको आधार तय गर्ने महत्त्वपूर्ण चरणमा प्रवेश गर्छन् । यस्तो समयमा सही कलेज छनोट अत्यन्त आवश्यक हुन्छ । काठमाडौंको मुटुमा अवस्थित काठमाडौं कलेज अफ सेन्ट्रल स्टेट आफ्नै भौतिक संरचना, दक्ष तथा अनुभवी प्राध्यापक, आधुनिक शैक्षिक वातावरण र ऊर्जावान युवा समूहको लगानीमा सञ्चालन भइरहेको संस्था हो । हामीले विगतदेखि वर्तमानसम्म उत्कृष्ट नतिजा दिँदै आएका छौं । यहाँको अनुशासित वातावरण, गुणस्तरीय शिक्षा र विद्यार्थीमैत्री सिकाइ पद्धतिले विद्यार्थीलाई सफल भविष्यतर्फ डोर्याइरहेको छ । त्यसैले एसइई उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूलाई यस कलेजमा अध्ययनका लागि हार्दिक अनुरोध गर्दछु ।
यो कलेज अरूभन्दा फरक किन छ ?
यो कलेज अरूभन्दा फरक र विशेष बन्नुको प्रमुख कारण यसको सुविधा सम्पन्न आफ्नै भौतिक संरचना, दक्ष, अनुभवी तथा समर्पित प्राध्यापक टोली तथा प्रयोगात्मक र व्यावहारिक शिक्षामा दिइने विशेष जोड हो । यहाँ शिक्षासँगै विद्यार्थीमा संस्कार, अनुशासन, नैतिकता र चरित्र निर्माणमा पनि समान रूपमा ध्यान दिइन्छ । साथै, विद्यार्थीलाई सक्षम, आत्मविश्वासी र नेतृत्वदायी व्यक्तित्वका रूपमा विकास गर्ने वातावरण सिर्जना गरिएको छ । कलेज केवल प्रमाणपत्र प्रदान गर्ने उद्देश्यमा सीमित नभई असल, योग्य र जिम्मेवार नागरिक निर्माण गर्ने लक्ष्यका साथ अघि बढिरहेको छ ।
उत्कृष्ट कलेजका रूपमा पहिचान बनाउन कस्ता रणनीति अपनाउनुभएको छ ?
हामीले आधुनिक तथा प्रविधिमैत्री शिक्षालाई प्राथमिकता दिएका छौं । केवल सैद्धान्तिक ज्ञानमा सीमित नभई व्यावहारिक र जीवनोपयोगी शिक्षामा जोड दिएका कारण विद्यार्थीहरू सक्षम बन्दै गएका छन् । त्यसैगरी अनुशासन, नैतिकता, सिर्जनशीलता र चरित्र निर्माणलाई शिक्षा प्रणालीसँग जोडेकाले हाम्रो कलेजले अन्य कलेजभन्दा फरक पहिचान बनाउन सफल भएको छ ।
यस कलेजबाट कस्ता विद्यार्थी उत्पादन भइरहेका छन् ?
हाम्रो कलेजबाट क्षमतावान, प्रतिभावान, संस्कारवान, नैतिकवान र चरित्रवान विद्यार्थी उत्पादन भइरहेका छन् । यहाँ अध्ययन गरेका धेरै विद्यार्थीहरू देशका विभिन्न महत्त्वपूर्ण निकायहरूमा सफलतापूर्वक कार्यरत छन् । हामीले विद्यार्थीको रुचि, चाहना, सपना र क्षमतालाई बुझेर उनीहरूको भविष्य निर्माणमा प्रत्यक्ष भूमिका खेलिरहेका छौं ।
विद्यार्थीलाई रोजगारीसँग कसरी जोड्नुभएको छ ?
हामीले विभिन्न रोजगारदाता संस्था, एनजिओ, आइएनजिओ, शैक्षिक संस्थान तथा व्यावसायिक क्षेत्रसँग समन्वय गरेर विद्यार्थीलाई रोजगारीका अवसरसँग जोड्ने प्रयास गरिरहेका छौं । विद्यार्थीलाई अध्ययनसँगै सीपमूलक र व्यावहारिक ज्ञान प्रदान गरिने भएकाले उनीहरू रोजगारी बजारमा प्रतिस्पर्धी बन्न सफल भएका छन् ।
आगामी वर्षका प्रमुख लक्ष्यहरू के हुन् ?
हाम्रो प्रमुख लक्ष्य भनेको विद्यार्थीलाई सक्षम, नैतिकवान, अनुशासित र चरित्रवान नागरिक बनाउनु हो । देशलाई आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्दै समाज र राष्ट्र निर्माणमा योगदान पुर्याउने शिक्षा प्रदान गर्नु नै हाम्रो मूल उद्देश्य हो ।
नेपालको उच्च शिक्षामा कलेजले कस्तो दीर्घकालीन मोडेल स्थापित गर्न खोजिरहेको छ ?
आजको समाजमा देखिएका विकृति र विसंगतिलाई शिक्षामार्फत् सुधार गर्नुपर्छ भन्ने हाम्रो विश्वास छ । त्यसैले हामी सिर्जनात्मक सिकाइ, प्रविधिमैत्री शिक्षा, अनुशासित वातावरण र जीवनोपयोगी ज्ञानमा केन्द्रित भएर अध्यापन गराइरहेका छौं । हामी विद्यार्थीलाई केवल शैक्षिक रूपमा मात्र होइन, जीवनको सही मार्ग पहिचान गर्न सक्ने सक्षम व्यक्तित्वका रूपमा विकास गर्ने दीर्घकालीन सोचसहित अघि बढिरहेका छौं ।
अभिभावकलाई के सन्देश दिन चाहनुहुन्छ ?
अभिभावकहरूले कलेज छनोट गर्दा केवल बाहिरी प्रचार होइन, कलेजको शैक्षिक इतिहास, नतिजा, अनुशासन, संस्कार र व्यावहारिक शिक्षालाई पनि हेर्न आवश्यक छ । विद्यार्थीको रुचि, चाहना र क्षमताअनुसार विषय छनोट गर्न प्रोत्साहन गर्नुपर्छ । अभिभावकले आफ्ना अधुरा सपना विद्यार्थीमाथि थोपर्नेभन्दा उनीहरूको वास्तविक रुचिलाई सम्मान गर्नु आवश्यक छ ।
शिक्षा क्षेत्रमा देखिएका विकृतिहरू के-के हुन् ?
शिक्षा राष्ट्र निर्माणको आधार हो । शिक्षाले दक्ष, अनुशासित, सिर्जनशील र जिम्मेवार नागरिक उत्पादन गर्नुपर्छ । तर, अहिले व्यावहारिक र सिर्जनात्मक शिक्षाभन्दा देखावटी प्रविधि र प्रमाणपत्रमुखी सोच बढ्दै गएको महसुस हुन्छ । यसले देशलाई आवश्यक पर्ने सक्षम नागरिक उत्पादनमा चुनौती सिर्जना गरेको छ । त्यसैले सम्पूर्ण शैक्षिक संस्थाहरूले सिर्जनात्मक, व्यावहारिक र नैतिक शिक्षामा जोड दिनु आजको आवश्यकता हो ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र