काठमाडौं । वरिष्ठ चिकित्सक डा. आर.आर. (रामरत्न) उपाध्यायको ९० वर्षको वयमा निधन भएको छ । उहाँ प्याथोलोजीको विशेषज्ञ हुनुहुन्थ्यो । १८ पर्व महाभारतका नेपाली अनुवादक, युरोपियन महाभारतका रचनाकार, गीताका अनुवादक स्वर्गीय पण्डित नरेन्द्रनाथ रिमालका कान्छा छोरा डा. उपाध्यायले नेपाल सरकारको स्वास्थ्य मन्त्रालयअन्तर्गत जिरी अस्पताल, भद्रपुर अस्पताल, पोखरा अस्पताल र टेकु अस्पतालमा समेत सेवा गर्नुभएको थियो । सहसचिव तहबाट निवृत्त डा. उपाध्याय नेपाल मेडिकल कलेज अत्तरखेल र नेपाल इञ्जियरिङ कलेज चाँगुनारायण भक्तपुरका संस्थापक हुनुहुन्थ्यो । उहाँले अन्य विभिन्न अस्पतालमा समेत सेवा पुर्याउनुभएको थियो ।
डा. उपाध्यायले पिताजी प्रख्यात साहित्यकार पण्डित नरेन्द्रनाथको स्मृति सम्मानमा नरेन्द्रनिधि वाङ्मय प्रतिष्ठानको स्थापना र सञ्चालन गर्नुभएको थियो । सो प्रतिष्ठानले नरेन्द्रनाथ रिमालका कृतिमा विद्यावारिधि गर्नेहरूदेखि त्रिविबाट नेपाली विषयमा सर्वोत्कृष्ट अंक प्राप्त गर्ने विद्यार्थीहरूलाई छात्रवृत्ति र पुरस्कार प्रदान गरेको थियो । डा. उपाध्यायका दाजु प्रख्यात शिक्षासेवी प्रा. शिवरत्न उपाध्याय कैलालीको धनगढीस्थित पञ्चोदय माविको प्रधानाध्यापक र कैलाली बहुमुखी क्याम्पसको संस्थापक प्राचार्य भएर सेवा गर्नुभई केही वर्ष पहिले दिवंगत हुनुभएको थियो ।
कठेरी नुवाकोट पुख्यौली भएका पण्डित नरेन्द्रनाथ रिमाल र गंगादेवीका सबै सन्तानहरूले रामनगर हुँदै वनारसमा अध्ययन गर्नुभएको थियो । दिवंगत डा. उपाध्यायकी धर्मपत्नी डा. इन्दिरा उपाध्याय, छोरा डा. सत्यम र छोरी लुना हुनुहुन्छ ।







ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र
काठमाडौंमा ठूलो परिमाणमा नक्कली दूध