काठमाडौं । मठ-मन्दिरमा आगो लगाउने अभिव्यक्ति दिएको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंकाअनुसार रुकुम पश्चिमको आठबिसकोट नगरपालिका-१२ घर भएका २७ वर्षीय जनक परियारलाई टोखाबाट पक्राउ गरिएको हो । उनिमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
परियारले काठमाडाैंमा आयोजित एक कार्यक्रममा बोल्दै “मठ-मन्दिरमा आगो लगाइदिन्छौँ” भन्ने अभिव्यक्ति दिएका थिए । साथै उनले समान अधिकार सुनिश्चित नभए देशभर विद्रोह हुने चेतावनी समेत दिएका थिए ।
उक्त अभिव्यक्ति विभिन्न युट्युब च्यानलमार्फत सार्वजनिक भएपछि उनलाई पक्राउ गरेर प्रहरीले अनुसन्धान प्रक्रिया अघि बढाएको हो ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
फिफा विश्वकप २०२६ हेर्न डिशहोमको
भेडा-भेडासँग बाख्रा-बाख्रासँग
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि