काठमाडौँ । सुकुम्बासी समुदायले प्रधानमन्त्रीविरुद्ध नारावाजी गर्दै शुक्रबार माइतीघरदेखि नयाँ बानेश्वरसम्म मार्चपास गरेका छन् ।
हातमा विभिन्न माग लेखिएका प्लेकार्ड बोकेका प्रदर्शनकारीले सिठ्ठी बजाउँदै र नारावाजी गर्दै विरोध प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा उनीहरूले आफूहरूको उचित व्यवस्थापन, आवासको सुनिश्चितता तथा विस्थापन रोक्न माग गरेका थिए ।
प्रदर्शनकारीहरूले सरकार र स्थानीय तहले वैकल्पिक व्यवस्था नगरी सुकुम्बासी बस्ती हटाउने प्रयास गरेको आरोप लगाएका छन् । उनीहरूले आफूहरूको माग सम्बोधन नभएसम्म आन्दोलन जारी राख्ने चेतावनीसमेत दिएका छन् ।
माइतीघर मण्डलाबाट सुरु भएको मार्चपास नयाँ बानेश्वर पुगेर कोणसभामा परिणत भएको थियो । प्रदर्शनका कारण केही समय उक्त क्षेत्रमा सवारी आवागमनसमेत प्रभावित भएको प्रहरीले जनाएको छ ।
राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र