काठमाडौं । घरेलु कोर्टमा आयोजित काभा महिला भलिबल च्याम्पियनसिपमा नेपाल पदकविहीन बनेको छ । तेस्रो स्थानका लागि भएको खेलमा भारतसँग तीन-एकको सेटमा पराजित भएपछि नेपाल चौथो स्थानमा सीमित रह्यो ।
उपाधि जित्ने लक्ष्यसहित प्रतियोगितामा उत्रिएको नेपालले पाँच खेलमध्ये दुई जित र तीन हार बेहोर्यो । नेपालले किर्गिस्तान र माल्दिभ्सलाई पराजित गरे पनि भारतसँग दुई तथा इरानसँग एक खेल गुमायो । प्रतियोगितामा इरान अपराजित रहँदै च्याम्पियन बन्दा काजाखस्तान दोस्रो र भारत तेस्रो भयो ।
मुख्य प्रशिक्षक जगदिश भट्टले पदक जित्ने लक्ष्य पूरा नभएकोमा दुःख व्यक्त गर्दै महत्त्वपूर्ण समयमा भएका सामान्य गल्तीले नतिजा प्रभावित भएको बताउनुभयो । उहाँले बलिया टोलीसँग खेलेर अनुभव बटुल्नु नेपाली टोलीका लागि सकारात्मक पक्ष रहेको उल्लेख गर्नुभयो ।
प्रतियोगितामा नेपालले पहिलोपटक एफआइभिबी विश्व वरीयतामा स्थान बनाउनुका साथै नयाँ कप्तान निरुता ठगुन्नाको नेतृत्वमा छ नयाँ खेलाडीलाई अन्तर्राष्ट्रिय अनुभव दिलाएको थियो ।
प्रशिक्षक भट्टले युवा खेलाडीले सम्भावना देखाएको र नियमित प्रशिक्षण तथा अन्तर्राष्ट्रिय अवसर पाए भविष्यमा नेपाली टोली अझ सशक्त बन्ने विश्वास व्यक्त गर्नुभएको छ । नेपालले अब आगामी सेप्टेम्बरमा जापानको नागोयामा हुने २०औँ एसियाली खेलकुदको तयारी गर्नेछ ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर