अहिले मेरा हातमा भएको अर्को पुस्तक हो शोभा अधिकारीको लघुकथा सङ्ग्रह ‘आमाको आँखा’ यो पुस्तक बुद्ध पब्लिकेसन प्रा.लि.अनामनगर काठमाडौँबाट प्रकाशित भएको छ । यस पुस्तक पहिलो संस्करण हो जुन २०८२ सालमा प्रकाशित भएको छ । यसको सर्वाधिकार लेखकमै छ भने यो लघुकथा सङ्ग्रह विधा हो । जगदीश बाँस्कोटाको कम्प्युटर रहेको यस पब्लिकेसनको पुस्तकको मुद्रण बुद्ध पब्लिकेसन प्रा.लि.बाटै भएको पाइन्छ । सानो स्ट्यान्डर्ड साइजको पुस्तक हो । यसमा अशुद्धिहरू कमै भेटिन्छन् । भूमिकाखण्डमा १६ र पाठ्यक्रममा ८८ गरी १०४ पृष्ठको यस पुस्तकमा ४२ वटा लघुकथाहरू सङ्गृहीत छन् । आवरणमा आमा र बच्चाको फोटो राखिएको छ र आमाको एउटा आँखा कमजोर भएको देखाइएको छ ।
यस पुस्तकका लघुकथाहरू वास्तविक लघुकथा जस्तै लाग्छन् किनभने यी छोटाछोटा छन् । सानो पुस्तकको दुई पृष्ठमै यी कथा अटेका छन् । दुई तीनवटा कथामात्र तीन पृष्ठसम्मको फैलावटमा रहेका पाइन्छन् । ‘आमाको आँखा’ यस सङ्ग्रहको शीर्षकथा हो । कथाकारले आफू रहेको समाज, व्यवसाय, अपराधजन्य घटना, गरिबी र बेरोजगारीलाई विषय बनाएको पाइन्छ ।
पृष्ठ आवरणमा कथाकारको फोटोसहित सामान्य चिनारी दिएको छ । यस पृष्ठमा तल प्रकाशक संस्थाको नाम र लोगो राखिएको छ । पुस्तकको मूल्य २७५ रुपैयाँ छ । भूमिकाखण्डमा श्रीओम श्रेष्ठ ‘रोदन’ को ‘हार्दिक शुभकामना’, लघुकथा समाज नेपालका अध्यक्ष तुलसीहरि कोइरालाको ‘लघुकथाको उन्नयनमा आशालाग्दो प्रतिभा’ र लघुकथाकार अधिकारीको ‘भूमिका’ छन् । यस सङ्ग्रहमा जम्मा ४२ वटा लघुकथाहरू सङ्गृहीत छन् । छोटाछोटा आयाम र बान्कीका यी लघुकथाहरूका शीर्षक पनि छोटा छन् । ४२ मध्ये ३४ कथाका शीर्षक एक शब्दमा र बाँकी आठवटा कथाका शीर्षक दुई शब्दमा रहेका छन् ।
यस पुस्तकका लघुकथा वास्तविक लघुकथा जस्तै लाग्छन् किनभने यी छोटाछोटा छन् । सानो पुस्तकको दुई पृष्ठमै यी कथाहरू अटेका छन् । दुई तीनवटा कथामात्र तीन पृष्ठसम्मको फैलावटमा रहेका पाइन्छन् । ‘आमाको आँखा’ यस सङ्ग्रहको शीर्षकथा हो । कथाकारले आफू रहेको समाज, व्यवसाय, अपराधजन्य घटना, गरिबी र बेरोजगारीलाई विषय बनाएको पाइन्छ ।
कथासङ्ग्रहको शीर्षक भने कि ‘आमाका आँखा’ हुनुपर्थ्यो कि ‘आमाको आँखो’ हुनुपर्थ्यो भन्ने लाग्छ । ‘आमाको आँखा’ व्याकरणगत रूपमा शुद्ध होइन भन्ने मेरो धारणा छ । यस कथासङ्ग्रहका प्रत्येक कथामा त्यसको भावबोध हुनेगरी चित्राङ्कित गर्नु सफल र सकारात्मक पक्ष हो । पुस्तकका लागि कथाकारलाई धेरैधेरै बधाई छ र आगामी दिनमा उहाँका पुस्तक आइरहुन् भन्ने शुभकामना ।






निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
ठेक्का प्रक्रियामा अनियमितता : प्रतिस्पर्धीलाई
धान बालीमा कृषि यान्त्रीकरण :
फिफा विश्वकप २०२६ हेर्न डिशहोमको
भेडा-भेडासँग बाख्रा-बाख्रासँग
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम