नित्य स्थिर शान्त र सौम्य तत्त्वको खानी पृथ्वी जसलाई धरा पनि भनिन्छ । धारणात्मिका शाक्ति भएकी भन्ने अर्थमा पनि धरा शब्दको प्रयोग भएको हुनसक्छ । युगौंदेखि यो संसारलाई थेगिरहेकी, थामिरहेकी, हुर्काइरहेकी पालन पोषण गरिरहेकी धराको महिमा अपरम्पार छ । जसको सम्बन्ध यो कालचक्रसँग जोडिएको छ । कालचक्रमा नै अस्तित्वमा रहेकी धरा हाम्रो आयुभन्दा करौडौँ वर्ष रहनसक्छिन् । अनेकौं भिन्नभिन्न समयको भोग गरेकी छन् । बौल्न सक्ने भए इतिहास र युगका कति कथा भन्थिन् होला । कति युद्धका लुकेका कथा बताउँथिन् होला । लेखिएका इतिहासले त सबै कुरा समेट्दैनन् । जित्नेका मात्र कथा लेखिन्छन् इतिहासमा । हार्नेका पनि दुःख र दर्दनाका कथा हुनसक्छन् ।
अनेकौं उहापोहमा पौंठेजारी खेल्दै भए पनि कालचक्रलाई व्यतीत गरिरहेकी धरा जसले जसरी हेरौँ त्यस्तै देखिन्छिन् । दुःखीले दुःखको पाहाड देख्छन् अनि सुखीले सुखको संसार । वास्तवमा धरा धरा नै हुन् । अनेकौं विषयलाई साथामा लिएकी, प्रकृतिको लीलालाई सहेकी धरा । देखिने सुन्दर परिदृश्य मन पनि सुन्दर भयो भने त्यो सुन्दर लाग्छ । यदि मनमा नै बादल मडारिएको छ भने जस्तोसुकै होस् त्यसले त्यो सुन्दर पक्षको महत्त्व राख्दैन । केवल उही पीडाको पाहाड बनेर बसिरहेको हुन्छ । जसलाई उही समयले लखेटिरहेको हुन्छ । युगौंसम्म एउटै र स्थिर रहेने धराले कालचक्रका कति हन्डर र टक्कर पनि सहेकी छन् । कति आरोह-अवरोह आए होलान् । कति अन्तरिक्षका पथ्थर बजारिए । जे जस्तो भए पनि जस्तोसुकै चोट सहेरै भए पनि नित्य स्थिर रहेर र युगको साक्षी बन्ने पृथ्वीका अनेक कथा पाइन्छन् ।
कालचक्र अत्यन्त रहस्यमय छ । समय न कहिल्यै रोकिएको छ न कसैका लागि रोक्न सकिन्छ । सूर्य उदाउँछ, अस्ताउँछ, ऋतु फेरिन्छन्, युग परिवर्तन हुन्छन्, अनि समय निरन्तर बगिरहन्छ । यही अनन्त प्रवाहभित्र धरा अस्तित्वमा छिन् । मानव जीवनलाई हेर्दा सय वर्ष पनि लामो लाग्नसक्छ तर कालचक्रको विशाल दृष्टिले हेर्दा त्यो त केवल क्षणभरको झिल्को मात्र हो ।
कालचक्रको साक्षी युगको प्रतिनिधित्व गर्ने धरा समुद्रका अनेकौँ लहराले कहिले यता तान्ने त कहिले उता फैलाउने यस्तै–यस्तै आरोह अवरोहमै भए पनि प्राकृतिक परिदृश्यलाई निरन्तर चलाइरहेकी धराले अनेकौ कालखण्ड व्यतीत गरेकी छन् । युगलाई चिन्ने त केवल पृथ्वी नै हुन् । तुलनात्मक रूपमा पृथ्वीवासी त नित्य छैनन् । अस्थिर छन् । मानवले त केवल सय वर्षको भोग गर्छन् अधिकतम पनि । यही सय वर्षमा त अनेकौँ लीला देख्न सकिन्छ भने खर्बौं वर्ष रहेने धाराका कथा कति होलान् । अनन्त युगीन कथाका बोककी धरा पनि त अनित्य छिन् । हुनु त हाम्रा लागि नित्य देखिन्छ । हाम्रो छोटो आयुको तुलनामा धराको लामो आयु देख्दा भिन्नै लाग्छ ।
कालचक्र अत्यन्त रहस्यमय छ । समय न कहिल्यै रोकिएको छ न कसैका लागि रोक्न सकिन्छ । सूर्य उदाउँछ, अस्ताउँछ, ऋतु फेरिन्छन्, युग परिवर्तन हुन्छन्, अनि समय निरन्तर बगिरहन्छ । यही अनन्त प्रवाहभित्र धरा अस्तित्वमा छिन् । मानव जीवनलाई हेर्दा सय वर्ष पनि लामो लाग्न सक्छ तर कालचक्रको विशाल दृष्टिले हेर्दा त्यो त केवल क्षणभरको झिल्को मात्र हो । यही कारणले धरा मानवभन्दा धेरै महान् र गम्भीर देखिन्छिन् किनकि उनले करोडौँ वर्षको समय भोगेकी छन् ।
मानिसको इतिहास सीमित छ तर धराको इतिहास अनन्त छ । मानवले लेखेको इतिहासले केही युद्ध, केही राजा, केही सभ्यता र केही घटनालाई मात्र समेट्छ तर धरा भने ती सबैभन्दा परको सत्य जान्दछिन् । इतिहासमा विजेताका कथा लेखिन्छन्, पराजितका आँसु हराउँछन् तर धराले दुवैका पाइला महसुस गरेकी छन् । उनले युद्धभूमिमा बगेको रगत पनि देखेकी छन्, शान्तिको दीप प्रज्वलित भएको क्षण पनि अनुभव गरेकी छन् । यदि धरा बोल्नसक्ने भएकी भए कति इतिहास उद्घाटित हुन्थे होलान् !
युगको कुरा गर्दा हाम्रो सनातन दर्शनले सत्ययुग, त्रेतायुग, द्वापरयुग र कलियुगको वर्णन गरेको छ । प्रत्येक युगको स्वभाव फरक हुन्छ । सत्ययुगमा धर्म, सत्य र शान्तिको प्रभाव अधिक थियो भनिन्छ । देवताको युग नै सत्यायुग भनिन्छ । बिस्तारै धर्ममा क्षयीकरण हुनथाल्यो । त्रेतामा एक पाउ धर्म घट्यो । द्वापरमा दुई पाउ र कलिमा तीनपाउ घटेर अधर्मको राज हुने वर्तमानको समय शासत्रमा वर्णन गरिक्एो छ । यी सबै युग परिवर्तनका साक्षी पनि धरा नै हुन् । रामायणकालीन वन, महाभारतका युद्धभूमि, ऋषिमुनिका आश्रम र प्राचीन सभ्यताका भग्नावशेष सबै धराकै गर्भमा सुरक्षित छन् । मानव बदलियो, युग बदलियो, तर धरा भने स्थिर साक्षी बनिरहेकी छिन् ।
संसारमा केही पनि स्थायी छैन । मानव शरीर नश्वर छ, सभ्यता अस्थायी छन्, शक्ति क्षणिक छ । अहिले पृथ्वी हामीलाई नित्य लाग्छिन् किनकि हाम्रो आयु छोटो छ तर ब्रह्माण्डीय दृष्टिले हेर्दा धरा पनि परिवर्तनशील अस्तित्वमात्र हुन् । एक दिन सूर्यको ताप बढ्नेछ, पृथ्वीको स्वरूप फेरिनेछ ।
समयको अर्को विशेषता परिवर्तन हो । संसारमा केही पनि स्थायी छैन । नदीको पानी निरन्तर बगिरहेझैँ समय पनि बगिरहन्छ । आजको नयाँ कुरा भोलि पुरानो हुन्छ । आजका बलिया मानिस भोलि कमजोर बन्छन् । वैभव, सौन्दर्य, शक्ति र सम्पत्ति सबै समयको अधीनमा छन् तर धरा परिवर्तनलाई सहज रूपमा स्वीकार गर्छिन् । उनले हिमयुग सहिन्, ज्वालामुखीको प्रलय पनि झेलिन्, समुद्रको उथलपुथल पनि भोगिन् । कहिले विशाल वनहरू नष्ट भए, कहिले नयाँ जीवन पलायो । विनाश र निर्माणको यही निरन्तर चक्र नै कालचक्रको वास्तविक स्वरूप हो ।
धरा केवल भौतिक अस्तित्वमात्र होइनन्, उनी भावनाको दर्पण पनि हुन् । मानिसको मनजस्तो हुन्छ संसार उसलाई त्यस्तै देखिन्छ । दुःखी मानिसलाई धरा पनि पीडाले भरिएको लाग्छ भने आनन्दित मानिसलाई यही धरा स्वर्गजस्तै लाग्छिन् । वास्तवमा धरा न दुःखी हुन् न सुखी । उनी त केवल आफ्नो धर्म निर्वाह गरिरहेकी छन् । प्रकृतिका सबै लीला सहँदै, समयका सबै चोट झेल्दै पनि उनी विचलित भएकी छैनन् । यही स्थिरता नै धराको वास्तविक महिमा हो ।
हामी प्रकृतिको सुन्दर दृश्य देखेर आनन्दित हुन्छौँ । हिमालका शृङ्खला, नदीको कलकल ध्वनि, वनको हरियाली र सूर्यास्तको सुनौलो आभाले मनलाई शान्त बनाउँछ तर मनभित्र नै अशान्ति छ भने संसारको कुनै सौन्दर्यले पनि आनन्द दिन सक्दैन । त्यसैले बाहिरी संसारभन्दा महत्त्वपूर्ण अन्तर्मन हो । धरा त सदैव सुन्दर नै छन्, फरक केवल हाम्रो दृष्टिमा हुन्छ । यही कारणले ऋषिहरूले मन शुद्ध भए संसार स्वर्गजस्तै देखिन्छ भनेका हुन् । धरा सहनशीलताको अनुपम उदाहरण हुन् । मानिस सानो दुःखमा नै विचलित हुन्छ, तर धरा अनगिन्ती प्रहार सहेर पनि मौन रहन्छिन् । अन्तरिक्षबाट उल्का खस्दा उनी स्थिर रहन्छिन् । भूकम्पले धरती चिरिँदा पनि उनले आफ्नो धैर्य गुमाउँदिनन् । समुद्रले भूभाग डुबाउँदा उनले पुनः जीवन फुलाइन् । विनाशपछि पुनर्जन्म दिन सक्ने शक्ति नै धराको महानता हो । यही कारणले धरा केवल माटो होइनन्, उनी धैर्य, क्षमा र पुनः सिर्जनाको प्रतीक हुन् ।
संसारमा केही पनि स्थायी छैन । मानव शरीर नश्वर छ, सभ्यता अस्थायी छन्, शक्ति क्षणिक छ । अहिले पृथ्वी हामीलाई नित्य लाग्छिन् किनकि हाम्रो आयु छोटो छ तर ब्रह्माण्डीय दृष्टिले हेर्दा धरा पनि परिवर्तनशील अस्तित्वमात्र हुन् । एक दिन सूर्यको ताप बढ्नेछ, पृथ्वीको स्वरूप फेरिनेछ । आज मानवले विज्ञान र प्रविधिमा ठूलो प्रगति गरेको छ । उसले अन्तरिक्षमा यात्रा गरेको छ, समुद्रको गहिराइ नापेको छ तर अझै समय र प्रकृतिको सम्पूर्ण रहस्य बुझ्न सकेको छैन । मानिसले प्रकृतिमाथि विजय प्राप्त गरेको ठान्छ तर एउटा भूकम्प, महामारी वा आँधीले नै उसको सीमितता सम्झाइदिन्छ । धरा भने मौन भएर यी सबै हेरिरहेकी छन् । मानवको अहंकार पनि समयसँगै हराउँछ तर धरा र कालचक्रको यात्रा जारी रहन्छ ।
अन्ततः धरा, युग र समय एकअर्कासँग गहिरो रूपमा जोडिएका छन् । युग बदलिन्छन्, सभ्यता फेरिन्छन्, मानव आउँछन् र जान्छन् तर धरा कालचक्रको अनन्त यात्रामा निरन्तर अगाडि बढिरहेकी छन् । उनी समयकी मौन साक्षी हुन्, अनन्त कथाकी बाहक हुन् । त्यसैले धरालाई हेर्दा केवल माटोको थुप्रो होइन, सम्पूर्ण युगीन इतिहास, समयको दर्शन र जीवनको गहिरो सत्य देख्न सकिन्छ । हामी क्षणिक हौँ तर धरा र कालचक्रको यात्रा अनन्त छ । यही यात्रा, यात्री र बिसाउने चौतारी धरा जसलाई समयले हेरिरहेको छ नित्य ।







भाद्र शुक्ल तृतीया : विधिपूर्वक
हरितालिका तीजमा पशुपतिनाथसहित शिवालयमा श्रद्धालुको
विद्यार्थी, शिक्षक तथा अभिभावको सुझावका
बर्दियामा छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको
नेपालभन्दा बाहिर गएर प्रतियोगिता जित्नु
विपद्को पीडाबीच आएको तीज, भक्तजन