काठमाडौं । एसियन गेम्स छनोट अन्तर्गतको पहिलो खेलमा चीनविरुद्ध एउटै ओभरमा ६ छक्का हिर्काउँदै नेपाली ओपनर कुशल भुर्तेलले नयाँ रेकर्ड बनाउनुभएको छ ।
यसअघि यो रेकर्ड नेपाली अलराउन्डर दीपेन्द्रसिंह ऐरीको नाममा थियो । आइतबार सिंगापुरमा भएको पहिलो खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालका ओपनर भुर्तेलले खेलको नौ ओभरमा ६ बल्लमा छक्का प्रकार गर्नुभएको हो । उहाँले एउटै ओभरमा एक वाइड पाउँदा ३७ रन बनाउनुभयो । यो नेपाली क्रिकेटका लागि उहाँको उत्कृष्ट ब्याटिङ हो ।
४३ बलको सामना गर्दा उहाँले छिटो शतक बनाउने रेकर्डसमेत बनाउनुभयो । ४३ बलको सामना गर्दा उहाँले १२९ रन बनाउनुभएको हो। कुशलले चीन विरुद्ध ३४ बलमा सय रन बनाएर नयाँ रेकर्डसमेत बनाउनुभएको छ । १७ ओभरको समाप्तिमा चीनविरुद्ध दुई विकेटको क्षतिमा नेपालले २५६ रन बनाएको छ ।







जेन्जी आन्दोलनमा मकवानपुरका कारागार र
मधेश प्रदेशमा छ वर्षमा २८
रिपब्लिकनले काङ्ग्रेस नियन्त्रण कायम राखे
मन्त्रिपरिषद्को बैठक बस्दै
एसीसी प्रिमियर कप क्रिकट :
जलवायु परिवर्तनको विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा