गुल्मी । गुल्मीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पालिकास्तरीय सम्पूर्ण नेतृत्व सर्वसम्मत चयन गरेको छ। दुई नगरपालिका र दश गाउँपालिका गरी १२ स्थानीय तह रहेको यस जिल्लामा ११ स्थानीय तहमा पालिकास्तरीय प्रथम अधिवेशन सम्पन्न गर्दै नेतृत्व सर्वसम्मत चयन गरेको रास्वपा गुल्मीले जनाएको छ।
रास्वपा गुल्मीका सभापति भोजराज पाण्डेका अनुसार यस जिल्लामा पालिकास्तरीय अधिवशन सम्पन्न गर्नका लागि गत जेठ १२ गतेदेखि १७ गतेसम्म मिति तय गरिएको थियो। यहाँको रेसुङ्गा नगरपालिकामा कृष्ण पराजुली, मुसिकोट नगरपालिकामा सुभाष जिसी, कालिगण्डकी गाउँपालिकामा गोविन्द गौतम, सत्यवती गाउँपालिकामा कृष्णप्रसाद भट्टराई, चन्द्रकोट गाउँपालिकामा कमल खत्री सर्वसम्मत सभापतिमा चयन हुनभएको छ।
त्यसैगरी रुरुक्षेत्र गाउँपालिकामा हुतराज गौतम, छत्रकोट गाउँपालिकामा रामकृष्ण न्यौपाने, इस्मा गाउँपालिकामा नरेन्द्रप्रसाद रिजाल, धुर्कोट गाउँपालिकामा राजेन्द्र पोखरेल, मदाने गाउँपालिकामा देवेन्द्र सेन र मालिका गाउँपालिकामा टीका जिसी सर्वसम्मत सभापतिमा चयन हुनुभएको उहाँले जानकारी दिनुभयो। नगरपालिकामा १५ र गाउँपालिकामा ११ सदस्यीय पालिकास्तरीय कार्यसमिति बनाइएको छ। गुल्मीदरबार गाउँपालिकामा पालिकास्तरीय अधिवेशन सम्पन्न गर्न मिति हालसम्म तोकिएको छैन।
यहाँको एक नम्बर वडामा अधिवशन सम्पन्न गरिएको छ। यहाँ अन्य वडामा अधिवेशन गर्न प्रक्रिया अघि बढिरहको छ। यस पालिकामा छिट्टै प्रथम अधिवेशन सम्पन्न गर्नका लागि जिल्ला नेतृत्व निरन्तर लागेको छ। त्यसैगरी रेसुङ्गा नगरपालिका १३ नम्बर वडामा पनि वडा अधिवेशन सम्पन्न गर्न प्रक्रिया अगाडि बढाइएको छ। जिल्ला अधिवेशन यहि जेठ २३ गते हुनेभएको छ। यस जिल्लामा करिब ६ हजार पार्टी सदस्य रहेका छन्।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि
श्रीमान् हत्या आरोपमा श्रीमतीसहित छोरा
केटाकेटी आए गुलेली खेलाए…