कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री तथा नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहविरुद्ध संसदीय दलभित्र अविश्वास प्रस्ताव दर्ता भएको छ।
नेपाली कांग्रेसका बहुमत प्रदेशसभा सदस्यहरूले शाहलाई संसदीय दलको नेताबाट हटाउन माग गर्दै अविश्वासको प्रस्ताव दर्ता गरेका हुन्। प्रदेशसभा सदस्य दिवानसिंह विष्टको अग्रसरतामा उक्त प्रस्ताव कांग्रेस संसदीय दलको कार्यालयमा दर्ता गरिएको बताइएको छ।
स्रोतका अनुसार नेतृत्व परिवर्तनको मागसहित दर्ता गरिएको प्रस्तावमा नौ जना प्रदेशसभा सदस्यहरूको हस्ताक्षर रहेको छ। सुदूरपश्चिम प्रदेशसभामा नेपाली कांग्रेसका १८ जना सदस्य रहेकामा सांसद प्रकाश देउवा हाल विदेशमा रहेका कारण प्रस्तावमा सहभागी हुनुभएको छैन।
बाँकी सदस्यहरूमध्ये बहुमत सांसदहरूले अविश्वास प्रस्तावको पक्षमा समर्थन जनाएको दाबी गरिएको छ। प्रस्ताव दर्तापछि कांग्रेस प्रदेशसभा सदस्यहरूको बैठक जारी रहेको छ।
बैठकमा नेतृत्व परिवर्तन, संसदीय दलको आगामी रणनीति तथा दलको भावी कार्यदिशाबारे छलफल भइरहेको जनाइएको छ। कांग्रेसभित्र लामो समयदेखि नेतृत्व शैली, सरकार सञ्चालन र संगठनात्मक समन्वयका विषयमा असन्तुष्टि बढ्दै गएको चर्चा भइरहेका बेला अविश्वास प्रस्ताव दर्ता भएपछि सुदूरपश्चिम प्रदेशको राजनीतिमा नयाँ तरंग उत्पन्न भएको छ।
अब संसदीय दलको बैठकबाट हुने निर्णयले मुख्यमन्त्री शाहको राजनीतिक भविष्यका साथै प्रदेश सरकारको समीकरणमा समेत प्रभाव पार्न सक्ने देखिएको छ।






निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि
श्रीमान् हत्या आरोपमा श्रीमतीसहित छोरा
केटाकेटी आए गुलेली खेलाए…