रौतहट । रौतहटको देवाही गुनाही नगरपालिका–४ नदीपारि टोलमा करेन्ट लागेर १२ वर्षीया बालिकाको मृत्यु भएको छ ।
धारामा नुहाउने क्रममा मोटर जडान गरिएको मोटरबाट धारामा विद्युतीय करेन्ट प्रवाह हुँदा सोही टोलका बिजेन्द्र पटेलकी १२ वर्षीया छोरी वर्षाकुमारीको आज करेन्ट लागेर मृत्यु भएको हो ।
करेन्ट लागेर गम्भीर घाइते भएकी पटेलको उपचारका लागि सुकदेव चोकस्थित नेपाल तराईसिटी अस्पताल लगिएको भए पनि चिकित्सकले जाँचपछि मृत घोषणा जिल्ला प्रहरी कार्यालय रौतहटका निमित्त सूचना अधिकारी तथा प्रहरी निरीक्षक रोहितकुमार शर्मा बढइले जानकारी दिनुभयो ।
बालिकाको शुकदेव चोकबाट शव परीक्षणका लागि प्रादेशिक अस्पताल गौर ल्याइएको र घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक बढइले जानकारी दिनुभयो ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि
श्रीमान् हत्या आरोपमा श्रीमतीसहित छोरा
केटाकेटी आए गुलेली खेलाए…