काठमाडौं । एन्जल्स हार्ट माविको आयोजनामा दोस्रो राष्ट्रिय खुला एन्जल्स हार्ट अन्तरविद्यालय/कलेज स्तरीय पुरुष भलिबल प्रतियोगिता शनिबारदेखि हुने भएको छ । प्रतियोगितामा करिब ५० टिमको सहभागिता अपेक्षा गरिएको एन्जल्स हार्टका कार्यकारी अध्यक्ष लिलबहादुर पुनले जानकारी दिनुभयो ।
शीर्ष तीन स्थान हात पार्ने टिमले क्रमशः ५० हजार, ३० हजार र १५ हजार नगद पुरस्कार पाउने प्रतियोगिता संयोजक यमबहादुर छन्त्यालले जानकारी दिनुभयो । उत्कृष्ट खेलाडी, स्पाइकर, लिफ्टर, सर्भर, ब्लकर र डिफेन्डरलाई पनि नगदसहित पुरस्कृत गरिनेछ ।
प्रतियोगितामा २०८२ सालमा एसइई दिएका तथा कक्षा ११ र १२ को हकमा राष्ट्रिय परिक्षा बोर्डमा ०८२/०८३ को रजिस्ट्रेसन प्राप्त १८ वर्ष ननाघेका विद्यार्थी सहभागी हुन पाउनेछन् ।
प्रतियोगिता सञ्चालन गर्न करिब ६ लाख ३० हजार रुपैयाँ खर्च हुने एन्जल्स हार्टका प्रिन्सिपल धनबहादुर पुनले बताउनुभयो । लिग कम नकआउट आधारमा चार दिनसम्म चल्ने प्रतियोगिताका खेलहरू मनमैजुस्थित एन्जल्स स्पोर्ट्स एकेडेमी एण्ड रिक्रिएसन सेन्टरमा खेलाइनेछ ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र