क्वालालम्पुर । मलेसियामा सम्पन्न दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिताको उपाधि एन पेनाङ एफसीले जितेको छ । आरटिएफसी मलेसियाको आयोजनामा सम्पन्न प्रतियोगिताको फाइनल खेलमा एन पेनाङ एफसीले न्यु ब्राइज क्लबलाई ५-० गोलको फराकिलो अन्तरले पराजित गर्दै च्याम्पियन बन्न सफल भएको हो ।
उपाधिसँगै एन पेनाङ एफसीले ट्रफीसहित २२ हजार मलेसियन रिंगिट नगद पुरस्कार प्राप्त गरेको छ । उपविजेता बनेको न्यु ब्राइज क्लबले ११ हजार मलेसियन रिंगिटमा चित्त बुझाएको आयोजकले जनाएको छ ।
प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्नुभएका सुरेश खत्री सर्वश्रेष्ठ खेलाडी (एमभिपी) तथा सर्वाधिक गोलकर्ता घोषित हुनुभयो । उहाँको प्रदर्शनले टोलीलाई उपाधि जिताउन महत्त्वपूर्ण भूमिका खेलेको थियो ।
समापन समारोहमा आयोजक आरटिएफसीका अध्यक्ष राजु तामाङले प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्ण प्रायोजक, स्वयंसेवक, खेलाडी, समर्थक तथा सम्बन्धित पक्षप्रति आभार व्यक्त गर्नुभयो । उहाँले आगामी दिनमा पनि नेपाली समुदायबीच खेलकुद गतिविधिलाई थप सशक्त बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
मलेसियामा रहेका नेपाली समुदायबीच लोकप्रिय बन्दै गएको आरटी गोल्डकपले खेलकुदमार्फत् आपसी एकता, भाइचारा र सद्भाव अभिवृद्धिमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको छ । यस वर्षको प्रतियोगितामा विभिन्न टोलीहरूको उत्साहजनक सहभागिता रहेको थियो ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र