लण्डन । टेनिस जगत्की दिग्गज खेलाडी सेरेना विलियम्स करिब चार वर्षपछि व्यावसायिक टेनिसमा पुनरागमन गर्दै हुनुहुन्छ । ४४ वर्षको उमेरमा २३ वटा ग्राण्डस्लाम सिंगल्स उपाधि जितिसक्नुभएकी सेरेनाले लण्डनमा आयोजना हुने क्विन्स क्लब ग्रास-कोर्ट प्रतियोगितामा डबल्स खेल्न वाइल्ड कार्ड स्वीकार गर्नुभएको हो । विमेन्स टेनिस एसोसिएसन टुरले यस कुराको औपचारिक घोषणा गरेको हो ।
क्विन्स क्लब प्रतियोगिता जुन ८ देखि सुरु हुँदैछ । डबल्सतर्फ सेरेनाको जोडीदार को हुने भन्ने कुराको घोषणा भने डब्लुटिएले पछि गर्ने जनाएको छ । यसैबीच, सेरेनाले सामाजिक सञ्जालमा एउटा भिडियो पोस्ट गर्दै आफ्नो पुनरागमनको संकेत दिनुभएको छ । भिडियोमा उहाँको फोन लगातार बजिरहेको देखिन्छ र उहाँले आफूले नम्बर बदल्नुपर्ने जस्तो देखिएको भन्दै सबैले यो खबर पाइसकेको क्याप्सन लेख्नुभएको छ ।
घाँसे कोर्टमा सेरेनाको यो पुनरागमनसँगै उहाँ यसै वर्षको विम्बल्डनमा पनि देखिन सक्ने अड्कलबाजी तीव्र भएको छ । विम्बल्डन जुन २८ देखि सुरु हुँदैछ र सेरेनाले अल इंग्ल्याण्ड क्लबमा सातपटक सिंगल्स उपाधि जितिसक्नुभएको छ । यसअघि उहाँले अन्तिम पटक सन् २०२२ को युएस ओपनमा खेल्नुभएको थियो ।
त्यसबेला टेनिसबाट बिदा लिने क्रममा उहाँले आफू सन्न्यास शब्द प्रयोग गर्न नचाहने बताउनुभएको थियो । क्विन्स क्लब च्याम्पियनसिप लण्डनमा आयोजना हुने एक प्रतिष्ठित ग्रास कोर्ट टेनिस प्रतियोगिता हो, जुन सन् १८८६ मा सुरु भएको थियो र यसलाई विम्बल्डनअघि खेलाडीहरूका लागि तयारी गर्ने महत्त्वपूर्ण अवसरका रूपमा हेरिन्छ । एजेन्सी







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र