काठमाडौं । श्रीलंकामा आयोजना हुने लंका प्रिमियर लिग (एलपिएल) को छैटौँ संस्करणका लागि नेपालका तीन क्रिकेट खेलाडी अनुबन्धित भएका छन् । नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने, अलराउन्डर दीपेन्द्रसिंह ऐरी र ब्याटर कुशल भुर्तेल विभिन्न टोलीबाट अनुबन्धित हुनुभएको हो । एलपिएलले सार्वजनिक गरेको खेलाडी ड्राफ्टअनुसार सन्दीप र दीपेन्द्रलाई जाफ्ना किंग्सले अनुबन्ध गरेको छ भने कुशल भुर्तेल कोलम्बो क्याप्समा आबद्ध हुनुभएको छ ।
अनुबन्ध रकमअनुसार सन्दीपले २० हजार अमेरिकी डलर प्राप्त गर्नुहुनेछ भने दीपेन्द्र र कुशलले समान १५-१५ हजार अमेरिकी डलर पाउनुहुनेछ । यस संस्करणका लागि श्रीलंकाका १७९ तथा विभिन्न देशका २४२ गरी कुल ४२१ खेलाडी ड्राफ्टमा सहभागी भएका थिए । खेलाडी दर्ता प्रक्रिया मे ८ देखि २० तारिखसम्म सञ्चालन गरिएको थियो । प्रतियोगितामा सहभागी पाँचवटै टोलीले खेलाडीहरू ड्राफ्टमार्फत् छनोट गरेका हुन् । यसपटक कुनै पनि टोलीलाई खेलाडी रिटेन गर्ने सुविधा प्रदान गरिएको थिएन । प्रत्येक टोलीले १८ सदस्यीय टोली बनाउनुपर्ने प्रावधान रहेको छ भने थप दुई स्थानीय खेलाडी राख्न सकिने व्यवस्था गरिएको छ । प्लेइङ-११ मा अधिकतम चार विदेशी खेलाडी समावेश गर्न पाइनेछ ।
एलपिएल आगामी जुलाई १७ देखि अगस्ट ८ सम्म सञ्चालन हुनेछ । उद्घाटन खेलमा सन्दीप र दीपेन्द्र आबद्ध जाफ्ना किंग्सले ग्यालेसँग प्रतिस्पर्धा गर्ने तालिका रहेको छ । साबिक विजेता जाफ्ना किंग्स र उपविजेता ग्यालेबीच हुने उद्घाटन खेललाई प्रतियोगिताको प्रमुख आकर्षणका रूपमा हेरिएको छ । सन्दीप र दीपेन्द्रले यसअघि नै विदेशी लिगको अनुभव लिइसक्नुभएको छ भने कुशल पहिलोपटक कुनै पनि विदेशी फ्रेन्चाइज लिगमा अनुबन्ध हुनुभएको हो ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र