काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र भारतीय जनता पार्टी (भाजपा) का राष्ट्रिय अध्यक्ष नितिन नवीनबीच राजनीतिमा ‘जेन–जेड’ पुस्ताको बढ्दो भूमिका र सम्भावनाबारे छलफल भएको छ।
भारत भ्रमणमा रहनुभएका सभापति लामिछाने नेतृत्वको प्रतिनिधिमण्डलले मंगलबार नयाँ दिल्लीस्थित भाजपा मुख्यालयमा अध्यक्ष नवीनलगायत वरिष्ठ नेताहरूसँग भेटवार्ता गरेको हो।
भेटवार्तामा विशेषगरी लोकतान्त्रिक सहभागिता, सार्वजनिक बहस तथा भावी नेतृत्व निर्माणमा युवा पुस्ताले खेल्न सक्ने भूमिकाबारे विचार आदानप्रदान भएको भाजपा पक्षले जनाएको छ।
प्रतिनिधिमण्डललाई स्वागत गर्दै अध्यक्ष नवीनले भारत–नेपालबीचको ऐतिहासिक र सांस्कृतिक सम्बन्ध तथा साझा सभ्यतागत विरासतबारे चर्चा गर्नुभयो। उहाँले यस्ता अन्तरक्रियाले लोकतान्त्रिक संवादलाई सुदृढ बनाउन र दुई पार्टीबीचको सम्बन्धलाई अझ मजबुत बनाउन सहयोग पुग्ने बताउनुभयो।
भेटका क्रममा उहाँले भाजपा पार्टीको विचारधारा, संगठनात्मक संरचना तथा जनमुखी राजनीतिक सहभागिताबारे पनि जानकारी गराउनुभएको थियो।
त्यसैगरी रास्वपा प्रतिनिधिमण्डलले भाजपा सदस्यता प्रक्रिया, उम्मेदवार छनोट प्रणाली तथा तल्लो तहका कार्यकर्तासँगको सम्पर्क विस्तार संयन्त्रबारे विशेष चासो व्यक्त गरेको जनाइएको छ।
भाजपा नेताहरूले प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा अवलम्बन गरिएको विकासमुखी सुशासन मोडेलबारे पनि जानकारी गराएका थिए। विकास, सेवा, सुशासन र जनसेवा भाजपा शासन प्रणालीको केन्द्रमा रहेको उहाँहरूको भनाइ थियो।
भेटवार्तामा भाजपा राष्ट्रिय महामन्त्री अरुण सिंह, सांसद सञ्जय जयसवाल, सांसद बाँसुरी स्वराज तथा विदेश विभाग प्रमुख डा. विजय चौथाइवाले सहभागी हुनुहुन्थ्यो।
भेटपछि आयोजित दिवाभोज कार्यक्रममा दिल्लीका मुख्यमन्त्री रेखा गुप्तालगायत नेताहरू पनि सहभागी हुनुभएको थियो।
सभापति लामिछाने पाँच दिने भारत भ्रमणका क्रममा नयाँ दिल्ली पुगेका हुन्। उहाँको प्रतिनिधिमण्डलमा धर्मपत्नी निकिता पौडेल, सहमहामन्त्री तथा सांसद विपिनकुमार आचार्य, सांसद दीपक बोहरा र स्वकीय सचिव प्रदीप आचार्य सहभागी हुनुहुन्छ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
फिफा विश्वकप २०२६ हेर्न डिशहोमको
भेडा-भेडासँग बाख्रा-बाख्रासँग
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि