काठमाडौं । नेपाली पुरुष क्रिकेट टोली जापानमा आयोजना हुने एसियन गेम्सका लागि छनोट भएको छ । एसियन गेम्स छनोट प्रतियोगिताअन्तर्गत मंगलबार समूह ‘ए’ मा भएको खेलमा मलेसियाले चीनलाई पराजित गरेपछि नेपालले पनि एसियन गेम्समा स्थान सुरक्षित गरेको हो ।
सात टोली सहभागी छनोट प्रतियोगितालाई दुई समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्ने प्रावधान रहेकाले सेमिफाइनल पुग्ने चारवटै टोलीले एसियन गेम्स खेल्ने अवसर प्राप्त गर्नेछन् ।
नेपाल रहेको समूह ‘ए’ मा मलेसिया र चीनमात्र सहभागी थिए । कतारले प्रतियोगिताबाट नाम फिर्ता लिएपछि समूहमा तीन टोलीमात्र बाँकी रहेका थिए । नेपालले चीनलाई पराजित गरेपछि तथा मलेसियाले पनि चीनलाई हराएसँगै दुवै टोलीले सेमिफाइनल यात्रा तय गर्दै एसियन गेम्समा स्थान सुरक्षित गरेका हुन् ।
नेपालले आइतबार भएको खेलमा चीनमाथि जित हात पारेको थियो । अब समूह विजेता बन्ने लक्ष्यसहित नेपाल र मलेसिया बिहीबार आमनेसामने हुनेछन् । यता, नेपाली महिला क्रिकेट टोली भने छनोट प्रतियोगितामा चीनसँग पराजित हुँदै एसियन गेम्समा स्थान बनाउन असफल भएको छ । २०औँ संस्करणको एसियन गेम्स सेप्टेम्बर १९ देखि अक्टोबर ४ सम्म जापानमा सञ्चालन हुनेछ ।







ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र
काठमाडौंमा ठूलो परिमाणमा नक्कली दूध