काठमाडौं । चलचित्र ‘लज्जावती’ आगामी साउन २९ गतेदेखि प्रदर्शनमा आउने भएको छ । मंगलबार निर्माण पक्षले चलचित्रको सम्पूर्ण छायांकन सम्पन्न भएको जानकारी दिँदै प्रदर्शन मिति सार्वजनिक गरेको हो । निर्माण पक्षका अनुसार चलचित्रको अन्तिम दृश्य गत साता काठमाडौंको धर्मस्थली क्षेत्रमा छायांकन गरिएको थियो । दुई चरणमा सम्पन्न गरिएको छायांकन ४५ दिनमा पूरा भएको बताइएको छ ।
प्रदर्शन मिति घोषणा गर्दै निर्माण टिमले चलचित्रका मुख्य अभिनेता मुकुन भुसालको ‘क्यारेक्टर लुक’ समेत सार्वजनिक गरेको छ । सार्वजनिक तस्वीरमा भुसाल साडी र चौबन्दी चोलो लगाएको तथा काखमा बच्चा बोकेको अवस्थामा देखिनुभएको छ । उहाँको गलामा पोते र निधारमा महिलाले लगाउने टिका देख्न सकिन्छ । भुसालको फरक गेटअपले चलचित्रप्रति दर्शकमाझ थप उत्सुकता बढाएको निर्माण पक्षको विश्वास छ ।
आहा फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रमा मुकुन भुसलसँगै धिरेन शाक्य, प्रिया रिजाल, हिउँवाला गौतम, मेनुका माझी, श्रीकृष्ण निरौला, जानुका विश्वकर्मा, केशव रिजाल, रामहरि खड्का, काजल भुजेल, दीपक थापा लगायतका कलाकारको अभिनय छ ।
चलचित्रका निर्माता कमलप्रसाद शर्मा र सन्दीपकुमार रोकाया हुनुहुन्छ । राजबहादुर सानेको निर्देशन र लेखनमा निर्माण भइरहेको चलचित्रमा सौरभ वली प्रस्तुतकर्ता तथा दिनेशराज बुढाथोकी कार्यकारी निर्माता रहनुभएको छ । चलचित्रमा दिव्यराज सुवेदीको छायांकन, तारा थापा ‘किम्भे’को सम्पादन तथा देव महर्जनको द्वन्द्व निर्देशन छ । निर्माण पक्षका अनुसार ‘लज्जावती’ महिलाप्रधान कथावस्तुमा आधारित चलचित्र हो ।





राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र