काठमाडौं । अर्नभ फिल्म प्रोडक्सन प्रा.लि.को ब्यानरमा निर्माण हुनलागेको नेपाली कथानक चलचित्र ‘पत्थर पुरुष’को शीर्षक सार्वजनिक गरिएको छ । सामाजिक कथावस्तुमा आधारित यस चलचित्रको लेखन तथा निर्देशन रोजल थापाले गर्दै हुनुहुन्छ । निर्देशक थापाका अनुसार चलचित्रले समाजका विविध यथार्थ पक्षलाई कलात्मक र सशक्त ढंगले प्रस्तुत गर्ने प्रयास गर्नेछ । सामाजिक विषयवस्तुमा आधारित चलचित्रले समसामयिक मुद्दा र मानवीय संवेदनालाई समेट्ने अपेक्षा गरिएको छ ।
निर्माण पक्षले हाल चलचित्रको प्रि-प्रोडक्सन कार्यलाई तीव्रता दिएको जनाएको छ । कलाकार छनोट, छायांकन स्थलको अध्ययन तथा अन्य प्राविधिक तयारीका कामहरू भइरहेको जनाइएको छ । चलचित्रमा आबद्ध हुने कलाकार तथा प्राविधिक टोलीबारे भने छिट्टै औपचारिक घोषणा गरिने निर्माण टिमले जनाएको छ ।
चलचित्रका निर्माता ईश्वर बल्लभ उप्रेती रहनुभएको छ भने संगीत निर्देशनको जिम्मेवारी संगीतकार दिप्सन लिम्बुले सम्हाल्नुहुनेछ । निर्माण टिमका अनुसार चलचित्रलाई गुणस्तरीय र दर्शकमैत्री बनाउन आवश्यक तयारीलाई प्राथमिकता दिइएको छ ।
निर्माण पक्षले आगामी भदौ महिनाको दोस्रो सातादेखि चलचित्रको छायांकन सुरु गर्ने लक्ष्य राखेको छ । छायांकन तालिका तथा अन्य विस्तृत जानकारी आगामी दिनमा सार्वजनिक गरिने जनाइएको छ । नेपाली चलचित्र क्षेत्रमा नयाँ कथावस्तु र सामाजिक सन्देश बोकेको चलचित्रका रूपमा ‘पत्थर पुरुष’लाई हेरिएको छ । शीर्षक सार्वजनिक भएसँगै चलचित्रप्रति दर्शक तथा चलचित्रकर्मीको चासोसमेत बढ्न थालेको निर्माण पक्षको विश्वास छ ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र