करिब तीन दशकदेखि बन्द रहेको हेटौंडा कपडा उद्योगलाई पुनः सञ्चालन गर्ने सरकारी योजनाले देशको औद्योगिक क्षेत्र, निजी क्षेत्र तथा अर्थविद्हरूबीच नयाँ बहस सुरु गरेको छ । आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत् सरकारले उद्योगको विस्तृत अध्ययन गरी सार्वजनिक–निजी साझेदारी (पिपिपी) मोडेलमा सञ्चालन गर्ने अवधारणा अघि सारेपछि यसको सम्भाव्यता, चुनौती र दीर्घकालीन सफलताबारे चर्चा बढेको हो । नेपालको औद्योगिक इतिहासमा विशेषस्थान बनाएको हेटौंडा कपडा उद्योग एक समय स्वदेशी उत्पादनको प्रतीक मानिन्थ्यो । तर, व्यवस्थापन कमजोरी, बढ्दो सञ्चालन खर्च, प्रविधिगत पछौटेपन र राजनीतिक हस्तक्षेपका कारण उद्योग क्रमशः संकटमा पर्दै अन्ततः बन्द हुन पुग्यो । अहिले पुनः सञ्चालनको चर्चा भइरहँदा विज्ञहरूले भावनात्मक निर्णयभन्दा तथ्य र अध्ययनमा आधारित रणनीति आवश्यक रहेको बताएका छन् ।
हेटौंडा कपडा उद्योग पुनः सञ्चालनको योजना केवल एउटा बन्द उद्योग खोल्ने प्रयासमात्र होइन, नेपालको औद्योगिक भविष्यसँग जोडिएको विषय पनि हो । विगतका कमजोरीलाई दोहोर्याएर भावनाका आधारमा निर्णय गरिए अर्को असफलताको जोखिम रहन्छ ।
पुरानो गौरव फर्काउने प्रयास
हेटौंडा कपडा उद्योगसँग अहिले पनि पर्याप्त जग्गा, भवन तथा आधारभूत संरचना उपलब्ध छन् । नयाँ उद्योग स्थापना गर्दा लाग्ने ठूलो पूर्वाधार लागत बचत गर्न सकिने भएकाले यसलाई पुनर्जीवनको एउटा बलियो आधार मानिएको छ ।
सरकारले प्रत्यक्ष रूपमा प्राथमिकता दिएर उद्योग पुनः सञ्चालनको योजना अघि सारेकाले निजी क्षेत्रको आकर्षण बढ्नसक्ने अपेक्षा गरिएको छ । उद्योगको ब्राण्ड मूल्य पनि अझै नेपाली उपभोक्तामाझ जीवित रहेको विश्लेषण गरिएको छ । भौगोलिक दृष्टिले हेटौंडा देशको मध्यभागमा अवस्थित भएकाले पूर्व-पश्चिम राजमार्ग तथा भारतीय बजारसँगको पहुँचले उद्योगलाई प्रतिस्पर्धात्मक लाभ दिनसक्ने देखिन्छ । साथै नेपालमा बढ्दो जलविद्युत् उत्पादनले ऊर्जा लागत घटाउन सहयोग पुग्ने विश्वास गरिएको छ ।
चुनौती कम छैनन्
यद्यपि उद्योग पुनः सञ्चालनको बाटो सहज भने छैन । उद्योग बन्द भएको करिब ३० वर्ष बितिसकेको छ । अधिकांश मेसिनरी तथा उपकरणको प्राविधिक आयु समाप्त भइसकेको अनुमान छ । धेरै उपकरण मर्मतयोग्य अवस्थाभन्दा बाहिर पुगिसकेका हुनसक्ने भएकाले नयाँ प्रविधिमा ठूलो लगानी आवश्यक पर्ने देखिन्छ ।
विशेषज्ञहरूका अनुसार पुराना मेसिन चलाएर उद्योग पुनर्जीवित गर्ने सोच आर्थिक रूपमा जोखिमपूर्ण हुनसक्छ । बरू आधुनिक टेक्सटाइल उद्योगका रूपमा पुनः स्थापना गर्ने विकल्प बढी व्यावहारिक हुनसक्छ । अर्को महत्त्वपूर्ण चुनौती कच्चा पदार्थको उपलब्धता हो । नेपालमा पर्याप्त कपास उत्पादन नहुँदा उद्योगले आयातीत कच्चा पदार्थमा निर्भर रहनुपर्ने अवस्था छ । यसले उत्पादन लागत बढाउने सम्भावना रहन्छ ।
हेटौंडा कपडा उद्योग बन्द हुनुका पछाडि केवल आर्थिक कारणमात्र थिएनन् । राजनीतिक हस्तक्षेप, कमजोर व्यवस्थापन, अनावश्यक कर्मचारी भर्ना तथा निर्णय प्रक्रियामा व्यावसायिकताको अभाव पनि प्रमुख कारण मानिन्छन् । अर्थशास्त्रीहरूका अनुसार यदि पुनः सञ्चालनपछि यिनै समस्या दोहोरिए भने उद्योग फेरि घाटामा जाने सम्भावना उच्च रहनेछ । त्यसैले उद्योगको नेतृत्व व्यावसायिक र परिणाममुखी हुनुपर्ने उनीहरूको सुझाव छ ।
आधुनिक प्रविधि, सुशासन, निजी क्षेत्रको दक्षता र स्पष्ट बजार रणनीतिसहित अघि बढ्न सकिए हेटौंडा कपडा उद्योग नेपालको औद्योगिक पुनर्जागरणको प्रतीक बन्नसक्छ । सफलता उद्योग खोल्नुमा होइन, विश्व बजारमा प्रतिस्पर्धा गर्नसक्ने उद्योग निर्माण गर्न सक्नुमा निर्भर रहनेछ ।
विशाल बजार र नयाँ अवसर
नेपालमा वस्त्र तथा गार्मेन्ट क्षेत्रको बजार निरन्तर विस्तार भइरहेको छ । वार्षिक अर्बौं रुपैयाँबराबरका कपडा तथा तयारी पोशाक विदेशबाट आयात भइरहेका छन् । यस अवस्थाले आयात प्रतिस्थापनको ठूलो सम्भावना देखाएको छ । ‘मेड इन नेपाल’ उत्पादनप्रति बढ्दो आकर्षणले पनि स्वदेशी उद्योगलाई अवसर प्रदान गर्न सक्छ । उपभोक्तामाझ राष्ट्रिय उत्पादनप्रतिको सकारात्मक धारणा बढ्दै गएको छ । यसबाहेक भारत, युरोप तथा अमेरिकाका विशेष व्यापारिक सुविधा प्राप्त बजारमा नेपाली उत्पादन निर्यात गर्न सकिने सम्भावना छ । यदि उद्योगले अन्तर्राष्ट्रिय गुणस्तर कायम गर्न सक्यो भने निर्यात वृद्धि गर्ने महत्त्वपूर्ण आधार बन्नसक्छ ।
रोजगारी र स्थानीय अर्थतन्त्रमा प्रभाव
उद्योग सञ्चालनमा आएमा हजारौं प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी सिर्जना हुने अपेक्षा गरिएको छ । वस्त्र उद्योगसँग सम्बन्धित ढुवानी, व्यापार, सेवा तथा कृषि क्षेत्रले समेत लाभ लिन सक्नेछन् । विशेषगरी कपास, अल्लो, भाङ तथा बाँसजन्य फाइबर उत्पादनलाई प्रोत्साहन गर्नसके कृषि र उद्योगबीचको सम्बन्ध अझ मजबुत बन्ने सम्भावना छ । यसले हेटौंडा औद्योगिक क्षेत्रलाई पुनः सक्रिय बनाउनेमात्र होइन, स्थानीय अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पार्नसक्ने विश्वास गरिएको छ ।
विशेषज्ञहरूले उद्योग पुनः सञ्चालनअघि विस्तृत ड्यु डिलिजेन्स अडिट, सम्पत्ति तथा दायित्व मूल्यांकन, वातावरणीय अध्ययन र वैज्ञानिक सम्भाव्यता अध्ययन गर्नुपर्नेमा जोड दिएका छन् । उनीहरूका अनुसार हेटौंडा कपडा उद्योगलाई पुरानै स्वरूपमा फर्काउने होइन, आधुनिक ‘नेसनल टेक्सटाइल एण्ड अपारेल हब’का रूपमा विकास गर्नुपर्छ । अन्तर्राष्ट्रियस्तरका प्राविधिक साझेदार, व्यावसायिक व्यवस्थापन, डिजिटल आपूर्ति शृंखला र निर्यातमुखी रणनीति यसको सफलताका आधार हुन सक्छन् ।
हेटौंडा कपडा उद्योग पुनः सञ्चालनको योजना केवल एउटा बन्द उद्योग खोल्ने प्रयासमात्र होइन, नेपालको औद्योगिक भविष्यसँग जोडिएको विषय पनि हो । विगतका कमजोरीलाई दोहोर्याएर भावनाका आधारमा निर्णय गरिए अर्को असफलताको जोखिम रहन्छ । तर, आधुनिक प्रविधि, सुशासन, निजी क्षेत्रको दक्षता र स्पष्ट बजार रणनीतिसहित अघि बढ्न सकिए हेटौंडा कपडा उद्योग नेपालको औद्योगिक पुनर्जागरणको प्रतीक बन्नसक्छ । सफलता उद्योग खोल्नुमा होइन, विश्व बजारमा प्रतिस्पर्धा गर्नसक्ने उद्योग निर्माण गर्न सक्नुमा निर्भर रहनेछ ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र